मिया खलिफाले खुलाइन् पोर्न फिल्मको कमाइ,सबै परे चकित ,फ्यानले भने – झुट

काठमाडौं। पूर्व पोर्नस्टार मिया खलिफाले पोर्न उद्योगबाट हुने कमाइको खुलासा गरेकी छिन् । मियाको दावी छ कि उनले पोर्न फिल्मबाट करिब १२ हजार डलर मात्र कमाएकी थिइन् । एक समयमा मिया पोर्नहबमा सबैभन्दा धेरै खोजि गरिने पोर्नस्टारको सूचीमा दोस्रो स्थानमा थिइन् । मियालाई पोर्न फिल्मका कारण मारिदिने धम्की समेत दिइएको थियो ।

 

एक अन्तरवार्तामा मियाले भनिन् ‘मानिसहरु सोच्छन् कि मैले करोडौं कमाएँ । त्यो झुटो हो ।’ मियाका अनुसार जब उनले ५ वर्ष पहिले एडल्ट फिल्म छोड्ने निर्णय गरेपछि उनलाई सामान्य काम खोज्न मुस्किल हुन थाल्यो । उनले एडल्ड इन्डष्ट्री छोडेपछिको समयलाई डरलाग्दो भनेकी छिन् । यद्यपि उनलाई एडल्ट इन्डष्ट्रीमा गएकोमा कुनै पछुतो भने छैन ।

 

उता उनका फ्यानले उनले बताएको कमाइ विश्वास गर्न सकिरहेका छैनन् । सामाजिक संजालमा कैयौंले मिया झुट बोलेको आरोप लगाएका छन् । फ्यानको आरोपपछि मियाले सफाइ पनि दिइन् । उनले ट्वीट गरेर भनेकी छिन् कि न त उनलाई करोडौं दिने बाचा गरिएको थियो न त उनले अपेक्षा गरेकी थिइन् । उनले पोर्न इण्डष्ट्रीबारे बाहिर चलेको हल्लालाई स्पष्ट मात्र पारेकी हुन् ।