यस्ता छन् सुनको मूल्य बढ्नुका ६ कारण

काठमाडौं, साउन २९ । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण यस्ता छन्ः

चीन–अमेरिका व्यापार युद्ध
अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
कमजोर सेयर बजार
जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
जम्मु–कश्मीर विवाद । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।