तिज गित “हरिया चुरा २” बजारमा

हरिया चुरा २

नयाँ तिज गित हरिया चुरा भाग २ बजारमा आएको छ । हरिया चुरा भाग २ का गायक तथा शब्द संकलक युवराज थापाको यो दोस्रो तिजको कोसेली हो ।

 

एक दशक लामो समय देखी बिभिन्न आधुनिक गित, गजल, लोक दोहोरी र दशैं तिहार गित गरेर लगभग एक दर्जन बढी गितमा संगित र आधा दर्जन गितमा स्वर दिइसकेका थापाले रचनाहरू प्रमोद खरेल, स्वरुपराज आचार्य, अन्जु पन्त, केशव बडु र लोकदोहोरी टिका पुन, पुर्णकला बि सि, मान्डबि त्रिपाठी, गोपाल जि.म., तुलसी घर्ती जस्ता थुप्रै कलाकार ले गाएका छन ।

 

अघिल्लो बर्ष “हरिया चुरा” गित बजारमा ल्याएर राम्रो सफलता पाए पछि कलाकार थापाले यो साल “हरिया चुरा भाग दुई” ल्याएका हुन । हरिया चुरा भाग एकमा गोपाल जि.यम र पुर्णकला बि.सि को स्वर र युवराज थापा को शब्द र लय रहेको थियो भने नृत्य रश्मी तामाङ र नरेश जोगी को थियो ।

 

युवराज थापा, गायक

भाग दुईमा भने युवराज थापा र तुलसी घर्ती को स्वर र गोपाल को लय, युवराज थापाकै शब्द रहेको छ र नृत्य शन्दिप/सुमी/सपना/ललीत र नृत्य निर्देशन निमराज सायद र छायांकन रामु चौधरी को रहेको छ ।

 

हरिया चुरा भाग २ तिज गीत युवराज थापाको आफ्नै युट्युब च्यानलबाट बजार मा ल्याईएको हो।