विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचारी वडा अध्यक्षलाई कालोमोसो दलेर गतिलो उपहार

म्याग्दी,साउन ३०। म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो ।

 

भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनाएको छ ।पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले जनाएको छ ।

भिडियोलाई मात्रै आधार बनाएर आत्महत्यामा दूरुत्साहन गरेको भन्न मिल्दैन:चितवन प्रहरी

काठमाडौं । ‘नेपालआजले सार्वजनिक गरेको भिडियोलाई मात्रै आधार बनाएर आत्महत्यामा दूरुत्साहन गरेको भन्न नमिल्ने चितवन प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भने, ‘हामी केही रि*पोर्टहरु पर्खिरहेका छौं । आज साँझसम्ममा रिपोर्ट आइपुग्ला । त्यसपछि निष्कर्षमा पुग्छौं ।’एसपी मल्लका अनुसार मृतक पुडासैनीको साथमा रहेको मोबाइल, भिडियोमा उनको आवाजलगायत विषयहरु परीक्षण प्रतिवेदन पर्खिइएको हो ।पत्रकार शालिकराम पुडासैनीले आ*त्मह*त्यामा दू*रुत्साहन गरेको निष्कर्षमा पुग्नासाथ संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरिने चितवन प्रहरीले बताएका छ ।

सो भिडियोसहित अन्य आधारहरु, विभिन्न घ*टनाक्रम, आदिलाई केलाएर अ*नुसन्धान भइरहेको छ।यो अ*नुसन्धान पूरा भएपछि गि*रफ्तार गर्न सक्छौं ।’एसपी मल्लले पुडासैनीको आ*त्मह*त्या प्र*करणमा दू*रुत्साहन गर्ने जो कोही भए पनि पक्राउ गरिने उल्लेख गरे । पुडासैनीले आ*त्मह*त्याअघिको भिडियोमा चर्चित टेलिभिजन कार्यक्रम ‘जनतासँग सीधा कुरा’का सञ्चालक रवि लामिछाने, सो कार्यक्रमसँग स*म्बद्ध पत्रकारहरु दीपक बोहोरा, युवराज कँडेलसहितले आफूमाथि अ*न्याय गरेको आ*रोप लगाएका छन् । एसपी मल्ल भन्छन्, ‘कोही चर्चित हुँदैमा अनुसन्धानको दायरामा नपर्ने, सामान्य मानिसहरु मात्रै पर्ने भन्ने छैन ।