अभिनेत्री इलियानाले गरिन व्वाईफ्रेण्डसँग ब्रेकअप

एजेन्सी । बलिउड अभिनेत्री इलियाना डि क्रुजको ‘ब्रेकअप’ भएको छ । केहि समय पहिला उनले आफ्नो अस्ट्रेलियन फोटोग्राफर व्वाईफ्रेण्डसँग गुपचुप विवाह गरेको खबर सार्वजनिक भएको थियो ।

 

यस्तोमा उनको ब्रेकअप भएको खबर सार्वजनिक भएको हो । केहि समय अगाडी गर्भवती रहेको खबरको खण्डन गरेकी इलियानाले ब्रेकअपको नयाँ खबरबारेमा भने कुनै औपचारिक प्रतिक्रिया दिएकी छैनन्

 

खबरका अनुसार इलियाना र उनको व्वाइफ्रेण्डकाबीच ठूलै झगडा परेको छ । यसमा दुबै जना सम्झौता गर्ने मनस्थितिमा नरहेको बताइन्छ । उनीहरूको के कारणले झगडा र्पयो भन्ने बारेमा केहि खुल्न सकेको छैन् ।

 

खबरका अनुसार दुबैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् । यस्तै उनीहरूले आफ्नो वालमा एकसाथ रहेको फोटो पनि हटाएका छन् ।