रसुवामा पनि १ जनामा भेटियो डेंगु, सतर्क रहन आग्रह

रसुवा,भदाै २८। डेंगु रोगबाट प्रदेश नं. ३ का ९ जिल्ला प्रभावकारी हुदै गर्दा रसुवामा पनि जनामा डेंगु भेटिए पछि सावधानी अपनाउन स्वास्थ्य कार्यालय रसुवाले आग्रह गरेको छ ।

 

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेमा कार्यरत दुई जना घर विदामा एक महिना बसि फर्किए लगतै विरामी परेको र चेकअपको क्रममा सदरमुकाम धुन्चेमा अवस्थित जिल्ला अस्पतालमा परिक्षणको क्रममा डेँगी देखिएको हो । डेंगी देखा परेका प्रहरीको घर भने चितवन रहेको उतैबाट रोग लिएर आएको बताइएको छ ।

 

एक जना सामान्य एक जनामा डेंगु भेटिएको हो जिल्ला अस्पताल रसुवाले ¥यापिडडायग्रेष्टिक टेष्ट किट (टुत निदान परिक्षण संयन्त्र) ल्याई विहिवार सात जना विरामीको परिक्षण गरेकोमा एक जनामा डेंगी देखिएको जिल्ला स्वास्थ्य प्रमुख किरण श्रेष्ठले बातए ।

 

यसैगरी, धादिङमा २३, काभ्रेपलान्चोकमा १ नुवाकोटमा २ रसुवामा १ जना फेला परेको छ भने दोलखा, रामेछाप, सिन्धुली मा डंगु का रोगी नभएको बताइएको छ ।नेपाल समाचारपत्रमा खबर छ।