चिनको तिब्बतमा नेपालीको मुढा ब्यापार

रसुवा,भदाै २८।नेपालको विभिन्न कारागरमा कैदीहरुले उत्पादन गरेको मढा चिनको चिब्बतमा निर्यात भइरहेको छ ।

प्रायजसो बाँसको मुढा केन्द्रिय कारागारबाट संकलन गरिएको ४९ हजार ४ सय ५१ वटा बासको मुढा ल्हासा, सिगारसे ल्यालमर घिङ्ग्री सम्म पुग्ने गरेको छ । यसै आर्थिक वर्षको ०७५÷०७६ मा यहि बाँसको निर्यात बाट राजस्व करिव १ करोड २३ लाख ६२ हजार सात सय ५० रुपैया उठेको हो । वर्षेनी तिब्बतमा बाँसबाट बनेका मुढाको माग समेत बढेको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेका वरिष्ट बालि संरक्षण अधिकृत कुलदिप घिमिरेले जानकारी दिए ।

 

बालिसंरक्षण अधिकृत घिमिरेका अनुसार क्वारेन्टाइन चेकपोष्ट टिमुरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ३० हजार ५ सय ५० गोटा मुढा रसुवागढी नाका हुदै चिनको तिब्बतमा निर्यात भएको थियो । भने आ.व. ०७४/०७५ मा भने तथ्याङ्कन भएको बताए । यस नाका बाट बासको मुढा काठको टेबल नाङलो बोधिचितको माला धुपदानी र अम्रिसोको कुचो लगाएतका बस्तु निर्यात भईरहेको छ ।नेपाल समाचारपत्रमा खबर छ।