नेकपा (क्रान्तिकारी माओवादी) सुदूर पश्चिम प्रदेशद्वारा सञ्चालन गरिएकाे ३ दिने वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

 हस्तबहादुर केसी

  कैलाली,भदाै २८।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) सुदूर पश्चिम प्रदेशद्वारा यही भदौ २५ -२७ गतेसम्म कैलाली जिल्लाको अत्तरियामा प्रदेश स्तरीय ३ दिने वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको सञ्चालन गरिएकाे थियाे। उक्त कार्यक्रमकाे उद्धघाटन  नेकपा ( क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज कमरेड रमसिंह श्रीसले गर्नु भएकाे थियाे।  

 

नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज कमरेड अशोक लम्साल (अनुकूल) को अध्यक्षता, सिसिएम लालकिरणणको स्वागत मन्तव्य र सिसिएम रामबहादुर केसी  (डयमण्डू) को उद्यघोषणमा सञ्चालन गरिएको उक्त उद्धघाटन कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी)का केन्द्रीय पार्टी स्कुल विभागका सचिव तथा केन्द्रीय प्रशिक्षक कमरेड हस्तबहादुर केसी,सिसिएम हरि सुवेदी समेतको उपस्थिति रहेको थियो ।

 

४२ जना प्रशिक्षार्थीहरु सहभागी उक्त कार्यक्रम तीन दिन सम्म सञ्चालन गरिएकाे थियाे, त्यस प्रशिक्षण कार्यक्रममा केन्द्रीय पार्टी स्कुल विभागका सचिव एवम् केन्द्रीय प्रशिक्षक कमरेड हस्तबहादुर केसीले माक्र्सवादी दर्शन (१)दर्शनको उत्पत्ति र विकास (२)द्वन्द्वात्मक भौतिकवाद,द्वन्द्ववाद र अधिभूतवादका बिच भिन्नता  (३)ऐतिहासिक भौतिकवाद ।

 

स्थायी समिति सदस्य तथा पश्चिम कमण्ड इन्चार्ज कमरेड रामसिंह श्रीसले पार्टी र संगठन र जनवादी केन्द्रीयता, पिविएम अनुकूलले पार्टीले ठोस गरेको सशस्त्र जनविद्रोहको कार्यदिशा ,सिसिएम सामबहादुर केसीले राज्य र क्रान्ति , सिसिएम लालकिरणले राजनीतिक अर्थशास्त्र र अतिरिक्त मूल्यको सिद्धान्त र सिसिएम हरि सुवेदीले राजनीतिक पार्टीहरुको विश्लेषण का विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको थियाे ।उत्साहा पूर्वक ३ दिने वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको समापन्न् गरिएकाे थियाे ।