गाउँपालिका अध्यक्ष भन्छन : पार्टी भन्दा गाउँ ठुलो

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा पलाता गाउपालिका अध्यक्ष लक्ष्मण बमले आफू पार्टीको मात्र नभई सिङ्गो पलाता बासिको अध्यक्ष भएको बताएका छन । सामुदायिक रेडियो पलाता आवाजसङ्ग कुरा गर्दै अध्यक्ष बमले यस्तो बताएका हुन ।

 

अध्यक्ष बमले आफू पलाताबासिको अध्यक्ष भएकाले पार्टीको कार्यक्रममा किन आएन भनेर टिप्पणी नगर्न समेत अनुरोध गरेका छन । अध्यक्ष बमले आफु पलाता गाउपालिकाको अध्यक्षको हैसियतले मैले मेरो पार्टी भन्दा बढी यहाको जनताको समस्या दु:ख पिर मर्का लाई हेर्नुपर्छ । तर यसको मतलब मैले पार्टीलाई बिर्सेको चाहिँ होईन ।पार्टीको आफनै बिचार छ आफनै सिद्धान्त छ पार्टीका हरेक निर्णयलाई म मान्छु ।

 

गा.पा अध्यक्षको हिसाबले अहिले पार्टी भन्दा यहाँका जनताको सेवामा खटिने समय हो । यसलाई अन्यथा नलिन आग्रह समेत गरेका छन । अध्यक्ष बमले पलाताको बिकासका लागि आफू आफनो ज्यानको बाजि नै लगाएर लडनु परेपनि पछि नहट्ने बताएका छन । साथै पलाता गाउपालिकालाई नमुना गाउपालिकाको रुपमा चिनाउनको लागि सम्पूर्ण पलाताबासिहरु सहयोगमा जुटन अनुरोध समेत गरेका छन ।