के तपाईको पेटमा ग्याँस भरिने समस्या छ भने यस्ता छन् सजिला उपचार बिधि

बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो । यसको जरा खासगरी परिकारको रंग बदल्नको लागि प्रयोग गरिन्छ । बेसारलाई नेपालको पश्चीमेली भाषामा हदेली, हदेलो अथवा हल्दी भनिन्छ । हल्दीको रंग पहेंलो हुन्छ । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व छ भएको कारणले बेसारलाई विशेष महत्व दिईने गरिन्छ ।

 

भिटामिन र खनिजको मुख्य स्रोत भएको हल्दिमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रसस्त मात्रामा पाइन्छ । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुनुका साथै यसलाई महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

 

मुख र घाँटीमा घाउ आउँदा बेसार पानीले कुल्ला गर्दा निकै आराम मिल्दछ । पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिने जस्ता विभिन्न समस्या हुदा बेसारलाई नुनपानीमा घोलेर बिहान र बेलुका खाएमा ठीक हुन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई निकै उपयोगी साबित हुन्छ ।

 

छालासम्बन्धी रोगका लागि बेसार निकै प्रभावकारी हुने गर्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका विभिन्न समस्या निको हुन्छन् । बेसारलाई सौन्दर्य प्रसोधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्दछ ।

 

बिच्छी, बारुला तथा अरिंगाल आदिले टोकेको ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ । यसै गरि सुत्न अगाडी दुधमा बेसार मिसाएर पिएमा अनिन्द्राको समस्या हटाउन मद्दत गर्छ।