अमेरिकाले लगायो चिनियाँ नागरिकको भिसामा प्रतिबन्ध

काठमाडौँ, असोज २२।मेरिकाले २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा राखेकै भोली पल्ट अर्को ठूलो कदम उठाएको छ। अमेरिकाले मंगलबार चिनियाँ नागरिकका भिसामाथि प्रतिबन्ध गरिदिएको छ।

 

अमेरिकाका विदेश मन्‍त्री माइक पोम्पिओले अल्पसंख्यक मुसलमानमाथि रोक्नका लागि गरिएको एक सम्बोधनका क्रममा भनेका छन्, ‘अमेरिका चीनसँग अपिल गर्न चाहन्छ कि चीन शिन्जियाङ्‍मा भइरहेको दमन तत्काल बन्द गरोस्।’

 

अमेरिकाले चीन माथि शिन्जियाङ्‍गको पश्चिम क्षेत्रमा उइगर मुस्लिममाथि दमन गरेको आरोप लगाएको छ। उक्त क्षेत्रमा रहेका अल्पसंख्यक मुसलमानमाथि चीनले कडा नियन्‍त्रणको काशिष गरेकोभन्दै चीनसँग अमेरिका रुष्ट बनेको छ।

 

अमेरिकाले भनेको छु , ति अल्पसंख्यक मुसलमानको सांस्कृतिक र धार्मिक पहिचानमाथि चीनले कडा नियन्‍त्रण राखेको छ। विदेशबाट आउने नागरिकमाथि पनि कडा प्रतिबन्ध लगाइएको छ र निगरानी कडा पारिएको छ।

 

यसैबीच ट्रम्प प्रशासनले सोमबार मात्रै चीनका २८ उत्पादन कम्पनीलाई कालो सूचीमा राखेको थियो। ती संगठनहरूले मानव अधिकार उल्लङ्घन गरेको भन्दै उनीहरूका उत्पादन खरिदमा अमेरिकाले प्रतिबन्ध लगाएको जनाएको थियो।एजेन्सी,