आज मेघगर्जनसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं, असोज २२ । पश्चिम बंगलको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु–भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु–भागमा आंशिकदेखि सामान्य बदलि भई हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पुर्वी भु–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य वदली र मध्य तथा पश्चिमी तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

 

बुधबार दिउँसोको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रहि देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै रातीको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भु–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

देशभर आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।