मंसिर १७ गते सार्वजनिक विदा ( विज्ञप्तिसहित)

बारा, मंसिर १२ ।मंसिर १७ गते मंगलबार सार्वजनिक विदा दिने  प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले मंसिर ११ गते निर्णय गरेको छ ।

बारा जिल्लाको प्रसिद्ध श्री गढीमाईको पञ्चवर्षिय मेलाको अवसरमा मंसिर १७ गते मंगलबारको दिन प्रदेश नं. २ मा सार्वजनिक विदा दिन लागेको हो ।

उक्त दिन प्रदेश नं. २ का सबै कार्यालय, सार्वजनिक निकाय, संघ संस्थ, शिक्षण संस्थहरु समेतमा सार्वजनिक विदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो मेला मंसिर महिना भर चल्ने गर्दछ ।