उपराष्ट्रपतिकी श्रीमती मुद्रा अपचलन गरेको आरोपमा पक्राउ

हरारे,पुस १। मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् ।उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले सोमबार पुष्टि गरेका छन् ।

 

आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिनुभयो ।

मुबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएसम्वन्धी छ ओटा, मुद्रा अपचलनसम्वन्धी पाँच ओटा र जालसाझीसम्वन्धी एउटा मुद्दा लगाइएको पनि उहाँले बताउनुभयो ।रासस