मुद्दा फछ्र्योट १५ वर्षदेखि निरन्तर ओरालोमा

काठमाडौं, पुस १५। सवोच्च अदालतको पछिल्लो १५ वर्षको मुद्दा फछ्र्योट चिन्ताजनक अवस्थामा देखिएको छ । १५ वर्षअघिदेखिको रेकर्ड हेर्दा सर्वोेच्चले मुस्किलले सबैभन्दा धेरै ३६ प्र्रतिशत मुद्दा फछ्र्योट गरेको देखिन्छ । तीन वटा पञ्चवर्षीय योजनामा सर्वोच्च आफैंले राखेको रणनीतिक योजनामा असफल भएपछि चौथो पञ्चवर्षीय रणनीतिक योजनामा कति मुद्दा फछ्र्योट गर्ने भन्ने समेटिएन । तर, उच्च अदालत र जिल्ला अदालतका हकमा भने रणनीतिक योजना तथा लक्ष्य निर्धारण गरियो ।

 

प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर जबराले नेतृत्व गरेपछि सर्वोच्चको २०७५र७६ को प्रतिवेदनमा मुद्दा फस्र्योटमा अघिल्लो वर्षभन्दा १३ प्रतिशत कमी आएको उल्लेख छ । सर्वोच्चमा ३०।७६ प्रतिशत मात्र मुद्दा छिनिएको छ । सर्वोच्चमा पुराना र नयाँ गरी ३४ हजार ९ सय २२ थान मुद्दा रहेकामा यस वर्ष १० हजार ७ सय ४२ थान मात्र फछ्र्योट भएको छ । जुन गत वर्षभन्दा १३।५ प्रतिशत थोरै हो भने कुल मुद्दामा ३० प्रतिशत मात्र सफलता मिलेको छ ।

 

ओमप्रकाश मिश्रको पालामा आर्थिक वर्ष २०७४र७५ मा २५ हजार ५ सय ९४ मुद्दामा ९ हजार १ सय २७ थान मुद्दा फछ्र्योट अर्थात् ३६।१६ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । उच्च अदालतमा भने ६३।८१ प्रतिशत मुद्दामा सफलता मिलेको छ । जिल्ला अदालतले ५८।८७ प्रतिशत मुद्दामा सफलता हात पारेको छ । सर्वोच्चले भने वार्षिक प्रतिवेदनमा न्यायाधीश र जनशक्ति अभाव, कम बजेट, साधन, स्रोत र प्रविधिको कारण दर्साउँदै आएको छ । राजधानी दैनिकमा खबर छ।