देशभर चिसो बढ्यो, बिहीबार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, पुस १५ । भोलीदेखि देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भु–भागमा हल्का बर्षाको संभाबना रहेको छ। जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा आउने बदलिसंगै चिसो रही रहने हुनाले, चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १५ गते मंगलबार 
दिउँसो स् देशको पश्चिमी तथा मध्य भु(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागहरुका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते  बुधबार 
दिउँसो स् देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भु(भागमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु(भागमा हल्कादेखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।
राती स् देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु(भागमा हल्कादेखि मध्यम हिमपातको संभाबना रहेको छ।

पौष १७ गते बिहिबार 
दिउँसो स्देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु(भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ।
राती स् देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु(भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ।