बाजुरामा फेरी हिमपात सडक फेरी अबरुद्ध, जनजिवन कष्टकर बन्दै

बाजुरा,माघ १५ । बाजुरा जिल्लामा फेरी पनि हिमपात र बर्षा भएको छ । हिमपात र बर्षा भएसंगै मार्तडी कोल्टी सडकखण्ड पुन १४ गते रातीदेखी अबरुद्ध भएको छ ।

 

 पोरखेलेखमा हिउँ पर्न थालेपछी बाजुरा सदरमुकाम मार्तडीबाट कोल्टीसम्मका जीप र ट्याक्टर चल्न सकिरहेका छैनन ।

 

बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा फेरी हिमापात सुरु भएको हो । हिमपातका कारण जिल्लाको जनजिवन फेरी कष्टकर बन्दै गएको छ ।

 

 बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको एक महिना पछि बडिमालिका नगरपालिकाको पहलमा माघ १० गते डोजर लगाएर हिउँ फालेको थियो ४ दिन सम्म संचालन भएको यातायात पुन बन्द भएको छ । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको र आवतजावत पनि बन्द भएको छ ।

 

 

बाजुरा जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तरगत एक महिना अगाडी देखी परेको हिउँ पन्छाएर बाटो खुलाएको थियो ।

 

 मसिंर २७ गते पहिलो पटक हिमपात भएको थियो त्यसपछि पटक पटक गरेर ७ औँ पटक बाजुरा जिल्लाका उच्च भुभागमा हिउँ परेको छ ।

 

मंसिर महिनादेखी परिरहेको हिमपात र वर्षाले मार्तडी कोल्टी सडक खण्ड अन्तरगत पोरखेलेख र आसपासको क्षेत्रमा रहेको सडकमा हिउँ जमेको छ ।

 

 

बाजुरा जिल्लामा लगातारको हिमपातका कारण जनजिवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका ४ ओटा स्थानीय तहमा भएको दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ। मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन् ।

 

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

 

त्यसै गरि जिल्लाका अधिकांश  बिद्यालयहहरु पनी बन्द भएका छन् ।