बाजुरामा जीप दुर्घटना हुँदा चार जना घाईते एककाे अबस्था गम्भीर

बाजुरा,माघ १६। बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिकामा हिजाे राती छ बजेतिर जिप दुर्घटना भएकाे हाे ।

 

जिप पिलुचाैबाट बिरामी लिन जगनाथ गएकाे र बिच बाटामै दुर्घटना भएकाे स्थानीयले बताएका छन् । 

 

जिप हिजो राती ६ बजे तिर पिलिचौर बाट सेरा बिमारी लिनका लागि गएको स्थानीय बासिन्दाले बताएका छन्।

००१ ज १२०६ नम्मरकाे जिप जगन्नाथ गाउँपालिकाकाे गणेल खोलामा दुर्घटना भएको थियो। जिप रोड बाट करिब २ सय ५० मिटर तल खस्दा ५ जना घाईते भएकाेे  स्थानीय बासिन्दाले बताएका छन् ।

 

 

घाइते हुनेमा नेपागन्ज उप महानगर पालिकाका जिप चालक बिक्र सुनार , स्वामिकार्तिक ३ जुकोट बस्ने खगराज शाही र बुढिनन्दा नगरपालिका ८ का वीर ब धामी घाईते भएका छ्न ।

 

 

घाईते मध्य चालक बक्र सुनार को अवस्था गम्भीर रहेको छ। अन्य ४ जनाको अबस्था भने सामान्य रहेकाे स्थानियले बताएका छन् ।

 

घटनाकाे बृष्तीत जानकारी अाउन बाकी रहेकाे प्रहरीले बताएकाे छ । जीप के कसरी दुर्घटना भयाे भन्ने बिषयमा अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरीले बताएकाे छ ।

 

घाइतेको उपचार काेल्टी प्राथमिक स्वास्थय केन्द्रमा भईरहेकाे छ।

 घाइते मध्य गम्भीर भनिएका ड्राइभर बक्र सुनारलाई थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी भएकाे स्थानीयले बताएका छन्।

 

 चालककाे लापरवाहीले गर्दा पटक पटक दुर्घटना हुने  गरेको स्थानीयले बताएका छन् । एक महिना अगाडि मात्र   साे राेडमा कर्णालीमा जीप खस्दा ५ जनाकाे मृ्त्यु भएकाे थियाे । अझै पनि समन्धित निकायले चासो देखाएका छैनन् । अब पनि चासो नदिने हाे भने अाउने दिनमा पनि अकालमा धेरैले ज्यान गुमाउनु पर्ने छ। समयमा समन्धित निकायको ध्यान जाहाेस्।