सुदूरपश्चिम सरकारले पेश गरेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

धनगढी,माघ १६। सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारले पेश गरेको रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधन प्रस्ताव दर्ता भएको छ ।

 

 

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले प्रतिपक्षी नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले उक्त प्रस्ताव सचिवालयमा दर्ता गराउनुभएको जानकारी दिए। उक्त प्रस्तावको समर्थकमा काँग्रेसकै अर्का सदस्य श्यामलाल रानाथारु रहेका छन्।

 

संशोधन दर्ता गराउनुहुने प्रदेशसभा सदस्य खड्काले विधेयकमा मिडियालाई नियन्त्रण गर्ने मनसाय राखिएको देखिएकोले आफूहरुले संशोधन प्रस्ताव दर्ता गरेको बताए।

 

यही माघ ७ गतेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ टेबुल गर्नुभएको थियो। -रासस