ललितपुरकाे भोलढोकास्थित शुभकामना बोर्डिङ्ग मा.वि स्कूलले भव्य विज्ञान प्रदर्शनी

ललितपुर,माघ १८।ललितपुर महानगरपालिका भाेलढोकास्थित शुभकामना बोर्डिङ्ग मा.वि स्कूलले भव्य विज्ञान प्रदर्शनी गरेको छ।

शनिबार नतिजा प्रकाशनको दिन पारेर प्रदर्शनी गरेको हो।प्रदर्शनीमा भाइरस सो,वाटर डिस्टिलेसन,केवलकार सो,ह्वील एन्ड एक्सिल,हाइड्रोलिक क्रेन,हाइड्रोलिक ब्रेक,सोलार सिस्टम,लाइट हाउस,साबुन बनाउने तरिका,भ्याकुम क्लीनर,बीउबीजन उमार्ने तरिका प्रदर्शित थियो।

 

चार्ट पेपर सोमा एनिमल,प्लान्ट र ब्याक्टेरिया सेल सो राखिएको थियो।सैद्धान्तिक शिक्षालाई व्यवहारिक रुपमा बुझ्न सजिलो होस् भनेर विद्यार्थीहरुले अंग्रेजी नेवारी र नेपाली भाषामा आफ्नो कला प्रदर्शनी दर्शकहरुलाई बुझाएका थिए।

 

२०४३ सालमा स्थापित शुभकामना स्कूलका तात्कालीन प्रिन्सीपल प्रभा बज्राचार्य आफ्नो स्कुल एसियामै पुरानो र उत्कृष्ट रहेको बताउनु हुन्छ।सह प्रधानाध्यापक एन नी साङ्तानका अनुसार आफ्नो विद्यालयमा दक्ष शिक्षकद्वारा
अध्यापन गराइने र अतिरिक्त क्रियाकलापमा डान्स,म्युजिक,हाजिर जवाफ सहित राम्रो होस्टल पनि भएको स्कुल हो।त्यसैले पनि विद्यार्थीहरुको भर्नामा सीमित सिटमा मात्र लिनु परिरहेछ।

 

नतिजा प्रकाशनसँगै साइन्स एक्जिभिसन हुँदा अभिभावकले आफ्ना नानीबाबुहरुको प्रतिभा प्रत्यक्ष हेर्न र बुझ्न पाउने हुन्छ।

किताबी ज्ञानलाई व्यवहारिक रुपमा बुझ्न सजिलोको लागि विज्ञान प्रदर्शनी भएको एक्जिभिसन कोर्डिनेटर चेतराज जोशीले जानकारी दिए आफ्नो स्कूलको नतिजा राम्रो रहेको शुभकामना स्कूलका शिक्षक बुद्ध सर बताउँछन्।२०वर्ष देखि निरन्तर पढाइ रहेकी शिक्षिका सुमित्रा वैद्यले सबैभन्दा राम्रो स्कूल पाट्नको शुभकामना रहेको दाबा गरिन्।

 

त्यसो त शुभकामना सकूल राम्रो बनाउन महत्वपूर्ण भूमिका भ्वाइस प्रिन्सिपलको छ भने उनलाई साथ दिने टिमवर्क गतिलो रहेको प्रधानाध्यापक राजेन्द्र उप्रेतीले न्युज किरण डटकमलाई जानकारी दिए।उनी ग्रान्ड एन्ड रोल्वालिङ कलेजका प्राचार्य समेत रहेका छन्।आफ्नो शुभकामना स्कूलमा ३५० जति विद्यार्थी पढ्ने र ग्र्याजुयट २५/३० शिक्षकले पढाउनाले यो वर्ष हामी निश्चित कोटा मात्र भर्ना लिन्छौँ।विद्यार्थीलाई एकाइसौँ शताब्दीमा दिइने ज्ञानको अनुभूति दिलाउन हाम्रो प्रयत्न रहन्छ।