विकासको सन्दर्भमा कसैले पनि राजनिति गर्नु हुँदैन

गोबिन्द बहादुर मल्ल

अध्यक्ष – हिमाली गाँउपालिका  बाजुरा

१- हिमाली गाँउपालीकामा अध्यक्ष हुनु भएको अब तिन बर्ष जति भयो कस्तो अनुभब गर्नुभएको छ ?

नयाँ संरचना २०७२ को सविधान अनुसार देश संघियतामा गयो र तिन तहको सरकार बन्यो संघिय सरकार, प्रदेश सरकार, र स्थानिय सरकार, अहिले हामी नयाँ संरचनामा छौ हिजोको जुन बौहँुदलिय व्याबस्था थियो । त्योभन्दा अझैभिन्न ढगंंले अगाडि बढनुपर्ने भएकोले अहिले स्थानिय तहलाई महत्वपुर्ण निम्मेवारी दिएको हुनाले हामी  सबैले जिम्मेवारी भएर अगाडि बढनु पर्छ । भन्ने कुरा हामीले मसुस गग्यौ ।

 

हामि आफै सरकारकै रुपमा संचालन गर्नु पर्ने भएको हुनाले निति निमार्ण देखि लिएर कतिपए कुराहरुमा विकास निमार्ण सम्म गर्नु पर्ने भएको हुनाले हामिले एउटा ठुलो जिम्मेवारी हाम्रो काँदमा आएको महसुस गरेका छौ । मुख्खे कुरा त्यसको साथसाथै ठुलो जिम्मेवारी पुरा गर्नकालागि विभिन्न दलका बाधा कठिनाई हरु हामिले झेल्लु परेको छ । तपाई पनि त्यहाँ नजिकको मान्छे भएको हुनाले हाम्रो जस्तो दुर्गम विकट ठाँउमा हामिले शुन्य बाट शुरुवात गरेका छौ ।

 

हरेक कुराहरु विकास निमार्णमा होस् वा जनचेतनाका कुराहुन शिक्षा स्वस्थ्यका कुरा हुन सबै कुराहरु हमिले नयाँ सिराबाट अगाडि बढ्नु पढने अवस्था भएको हुनाले धेरै ठुलो कठिनाई हामिले भोग्नु परेको छ। अझै पनि कर्मचारिहरु हामि संग छैन्न र दरबन्दी अनुसारको अहिले थौरै मात्रामा कर्मचारिहरु जने क्रम सुरु भएको छ । जो एक जना सब्बा र एक जना खरिदारले मात्र गाँउपालिका चलाउनु पर्ने अबस्था थियो ।आज भोलि बल्ला बल्ला दुईचार जना कर्मचारीहरु थप भएकाछन् । हामिहरु पनि अलिकति अनुभब बटुल्दै अगाडी गएकाछौ ।

 

अब हामिलाई विकास निमार्ण देखि लिएर हरेक कुरामा अगाडी बढेको जस्तो महसुस भएको छ । संघिय सरकारले हामिलाई कर्मचारी नियुक्ति गर्न दिएको छैन हामिलाई नियुक्ती गर्न दिएको भनेको प्रविधिक लाइन तिरका कर्मचारीहरु जस्तै कृषि जे टि ए , स्वस्थ्यका भेटनरी कर्मचारीहरुमात्र हामिलाई भर्ना गर्ने अधिकार छ । प्रशासन तर्फका कर्मचारी भर्ना गर्ने कुनै अधिकार छैन सबै कुराहरु प्राविधिक कर्मचारीहरु बाट सम्भब छैन अफिस चलाउने कुराहरुमा कुनै काम छैन ।

जस्तै विकास निमार्णका कुराहरुमा प्राविधिक कर्मचारी बाट सम्भावना छ । प्रशासन चलाउन प्रशासन नियुिक्त हामीले गर्न पाइदैन करार नियुक्ति गर्ने कनुनि व्याबस्था छैन । प्रशासनिक तर्फका कर्मचारी नियुक्ति गर्न नपाउदा हामिलाई समस्या हुने गरेको छ । प्रमुख प्रशासकिए अधिकृत नहुँदा निवित्त कर्मचारीले काम गर्न पाउने नपाउने यि कुराहरुमा पनि हामिलाइ केहि समय एक डेट बर्ष अलमलमा पर्यकाथियौं अहिले अफिस देखि लिएर सबै कुरा करिब करिब लाईनमा आएको अबस्था छ ।

२- हिमाली गाँउपालीकाका जनतालाई निर्वाचनमा देखाएका सपना पुरा गर्नु भयो ?

त्यो त मैले आफुले भन्नु भन्दा पनि त्याहाँका जनताहरु संग र बाजुरा जिल्लामा रहेका NGO – INGO  र बाजुरा जिल्लाका महत्व पुर्ण कार्यलयलाई सोध्दा थाहा हुनेकुरा हो । जस्तै जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यलयका प्रमुख समन्वय समिति देखि विभिन्न खाँलका NGO – INGO  बाट यहाँ हरुले डाटा लिनुभयो भने त्यसबाट प्रस्ट कुरा बुझिन्छ । मैले आफैले भन्नु पर्दा गाँउपालिकाको काम काँज देखि पूर्ण रुपमा सन्तुष्ट छु । जे कुरा मैले मेरो घोषण पत्रमा लेखेको थिए। मैले पहिलो नम्बरमा हिमाली गाँउपालिकामा सबै जनताले सफा खानेपानि पिउन पाउनु पर्छ । भनेर हामिले भनेका थियौ अहिले ९८ प्रतिशत खानेपनीको व्यवस्था हामिले गरेका छौ । त्यस्तै शिक्षा स्वस्थ्यमा सुधार ल्याउनु पर्छ भनेका थियौ अहिले सबै गाँउ टोलमा स्वस्थ्यको पहुँच पुग्र्याएका छौ ।

 

त्यस्तै अबको यो फागुन महिना भित्र सातै वटा वडा मा स्वस्थ्य चौकिको स्थापना हुदै छ । मेरो गाँउपालिकाको भुगोल ठुलो भएको हुनाले मेरो गाँउपालिकामा तिन वटा गाँउ हुन्छन वडा न. ६ को पाँडी वडा न १ को बाम र वडा न ३ को गुम्बा भन्ने ठाँउमा वडा कार्यलयमा स्वस्थ्य चौकी हुँदा पनि त्यहाँका जनताहरुलाई स्वस्थ्यको पहुचँ  पु¥याउन नसकिने भएको हुनाले अहिले गाँउघर किलनिक सञ्चांलन गरेर औषधि वितरण गर्ने व्यवस्था गरेका छौ। त्यही स्वस्थ्य चौकिका कर्मचारीहरु गएर त्यहाँका वृद्ध वृद्धाहरु अपाङ्घता भएका बालबालिकाहरु तथा गर्भवपती महिलाहरुलाई चेक जाँच गर्ने र त्यहाँ गर्न सकिने प्राथमिक उपचार त्यहाँ गर्ने नसकिने खालका बिरामी हरुलाई गाँउपालिकाको स्वस्थ्य चौकी वा कोल्टी स्वस्थ्य चौकीसम्म रिफर गर्न सक्ने काम भएको छ ।

त्यहाँका मान्छेहरु अहिले स्वस्थ्यको पहुचमा धेरै सेवा सुविधा पाएका छन् । स्थानिय सरकारले हामिलाई स्वस्थ्यका लागि औषधि उपचार गर्ने काम गरेकोले हामि धेरै खुशी भएका छौ भनेर स्थानीयले भन्ने गरेका छन् । गर्भवति महिलाहरु चेकजाँच हुने काम भएको छ। त्यस्तै गुर्णस्तरीए शिक्षा दिनु पर्छ भनेर त्यहाँका बालबालिकाहरुलाई हामिले दुई बर्ष अगाडि देखि त्यहाँका विद्यार्थि हरुलाई नयाँ किताब पाउने अबस्था थिएन माघ फागुन सम्म किताब पुग्थो चैतमा बार्षिक परीक्षा हुने अबस्था थियो । अहिले हामीले शैक्षिक सत्रको सुरुमा बिद्यार्थि भर्ना हुदै किताब लिएर जान सक्ने व्यवस्था गरेका छौ । नयाँ किताब दुई तिन वटा ठाँउबाट पाईने व्यवस्था मिलाएका छौ ।

बाधु धुलाचौर र कवाडीमा हामिले विद्यार्थिका हातहातमा किताब दिने व्यवस्था मिलाएका छौ । त्यसको साथसाथै दरबन्दी अनुसारको शिक्षक नभएको हुनाले केन्द्र बाट दिने शिक्षकको दरबन्दीको कोटा पनि कम र केहीत दुर्गम भएको हुनाले शिक्षक पनि नजाने हुँदा हामिले अहिले स्वयमसेवक शिक्षकको लागि शिक्षा ऐन बनाएका छौ । नियावलि र कार्य विधि बनाएर शिक्षक नियुतिm गरेका छौ,अहिले २८ जना शिक्षक नियुक्ति गरेका छौ।

हामिले गाँउमै गुणस्तरिय शिक्षादिने व्यवस्था प्रारम्भ गरेका छाै, गाउँमै अंग्रेजी शिक्षा पढाउने व्यवस्था पनि गरेका छौ,त्यो क्षेत्रका बालवालिकालाइ गुणस्तरिय शिक्षा पाउनु पर्छ भनेर गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ। त्यस्तै मेरो गाँउपालिकामा शुद्ध खानेपानि को असुबिधा थियो । अहिले सबै ठाँउमा शुद्ध खाने पानिको व्यबस्था गरेका छौ विद्युतकोे कुरा गर्दा जम्मा ८०÷८५ घरधुरीमा मात्र बत्ती थियो । अहिले लगभग सबै घर धुरिमा वत्तिको पहुँज पुगेको छ। बाँकी रहेका घरमा पनि वत्ति जोडने व्यवस्था मिलाउँदै छौ, अब बस्ति बस्ति गई काम गदै जनतालाइ उज्यालो हिमालि अभियान सँग जोडदै अगाडी बढ्दै जाने छौ ।

३- हिमालि गाँउपालीका भित्र दुई बर्षमा जनतालाई अनुभब हुने गरी के के काम गर्नु भयो ? बुदागत रुपमा भनिदिनुहोस ?

जनतालाई अनुभक हुने खालका काम बुदागत ढéले भन्नु पर्दा यस्तो छन् । १) शिक्षा २) स्वस्थ्य ३) कृषि ४) सडक ५) खानेपानि ६) रोजगासरी ७) पर्यटन ८) बत्ती आदि कुराहरुमा हामिले प्रत्यक्ष जनताहरु लाई अनुभब हुनेगरी काम गरेका छौ । पूर्वआधारका कुराहरु भनुपर्दा बाधुको वडा न.ं७ मा गाडी पुर्यएका छौ । त्यस्तै वडा न ६ मा पनि सडक पुर्याएको छौ । वडा न ४ मा पनि सडक पुगेको छ । वडा न ५ मा अब सडक पुग्ने तयारि भइरहेको छ । अब बाँकि रहेको भनेको साबिकको रुगिन, बिछ्ीया गा वि स जोड्ने ठाँउ सम्म सडक पुगेको छ ।

 

अहिले प्रदेश सरकार र स्थानिय सरकारको पहलमा त्यहाँ अगाडि जाने सडकमा निरन्तर काम भइरहेको छ । सायद मलाइ लाग्छ मेरो कार्यकाल सम्म विछिया सम्म गाडी पु¥याउने योजानाका साथ काम गरिरहेका छु। ९८ प्रतिशत खाने पानिको व्यवस्था गरेकाछौ त्यस्तै विद्युत हामिले वाधुमा १२ किलोवाट बढीगाडबाट विद्युत लिएर त्यहाँका जनताहरुको वत्ति बाल्ने सपना पुरा गरेका छौ।त्यस्तै यो असार सम्ममा कवाडीमा १०० किलोवाट वत्ति वाल्ने भएका छौ। त्यस्तै अर्को आउने बर्ष २०७७मा विछियाको भट्टे खोला लघुजलविद्युत आयोजनामा २० किलोवाटको त्यस्तै विछिया खोला लघुजलविद्युत आयोजना १०० किलोवाटको (  RVWRN )ले विछियाको भखरै मात्र टेडर ओपन गरेको छ। गाउँपालिका र जलस्रोत परियोजानाको साझेधारीमा परियोजाना अर्को बर्ष काम सम्पन्न गर्ने गरि विछिया गाउँमा वत्ति बाल्ने योजना रहेको छ। हामिले हिमालि उज्यालो कार्यक्रम गर्ने भनेर घोषणा पत्रमा नै लेखेका छौ। त्यो काम पनि हामिले अब सुरु ग्रि सकेका छौ ।

४- कुण्डा क्षेत्रका चार वटा स्थानिय तह मध्य सबै भन्दा बढी विकास हिमालि गाउँपालिकामा भएको भने छ नि ?

त्योत मैले भन्दा ठिक नहोला तपाईहरु गएर त्यहाँका जनतासंग बुझन सक्नुहुन्छ । फेरी अरुकुनै स्थानिय तहमा विकास भएको छैन भनेर मैले भन्ने होईन त्यो त सम्बन्धित त्यहाँका जनतालाई स्वदा थाहाहुने कुरा हो । त्यो अहिले मैले भन्न सक्ने कुरा होईन त्यसैले विकास भन्ने कुरा जनताले महसुस गर्ने कुरा हो त्यसैले हामीले आफै भन्नु भन्दा त्यहाका जनताको आवाज बाट सुन्दा सहि र सान्दार्भिक होला । त्यो मेरो गाँउपालिकामा बढी रअरुको मा कम विकास भएको छ । भनेर मैले भन्ने कुरा होइन मलाई भन्दा तपाईहरुलाई बढी थाहा होला । मेरो गाँउपालिकाको कुरा गर्दा म पुर्णरुपमा सन्तुस्ट छु । मलाई नियम कानुनले दिएको सबैकाम गरेर मेरो गाँउपालिकाका जानतालाई खुशी बनाउछु भनेरनै म अगाडि बढेको छु । त्यस्तो भौगोलिक कठीनाई भएको ठाँउमा जे जति गर्नसके त्यो काम गर्नेछु । अब बाँकिरहेका कामपनि कसरी हुन्छ । मेरो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता गर्दछु ।

५- हिमाली गाँउपालीकामा पर्यटन प्रर्वद्धन गर्न के के गर्नु भएको छ ?

हामीले पर्यटन पर्वद्धन गर्न गत बर्ष देखि युटुवमा हिमाली गाउँपालीकाको बारेमा केहि सामाग्रि राखेका थियौ भने अब हामीले अझै बृहत ढéबाट त्याहाँका पर्यटकिय क्षेत्रलाई चिनाउने उद्देश्यका साथ हामी लागेका छौ । त्यस्तै हिमाली गाउँपालीकाको अन्तिम क्षेत्र ठुलासैन भन्ने ठाउँ हुम्ला सँंग जोडीएको मानासरवर जानलाई एक दिनजति समय लाग्ने ठाउँ हो रानिसैन भन्ने ठाउँमा हिमतालहरु छन । त्यी हिमतालहरुमा गएर हामीले एउटा गाउँ कार्यपालिकाको बैंठक गरेका थियौ बैठकमा जिल्लाका  NGO – INGO  का प्रमुख हरुलाई र बाजुरा जिल्लामा रहेका संञ्चांर कर्मिहरुलाई लिएर पर्यटन प्रर्वद्धन गर्न ठुलासैनमा बैठक सम्पन्न गरेका थियौ । सुचना र संञ्चारका माध्यामाको कमिका कारण अझैपनि प्रचार प्रसार हुन सकेको छैन ।

 

अब हामीले योजना बनाएर पर्यटन प्रर्वद्धनको लागि विशेष किसिम बाट हिमाली गाउँपालिकाको पर्यटन प्रर्वद्धन गर्न हामीले जोड दिने योजना बनाएका छौ । त्यस्तै कवाडी, बिछीयाँ, हुदै मानासरोवर जाने बाटो हामीले लिन सकेको खण्डमा त्यो ठाउँ देशकै एउटा महत्वपुर्ण पर्यटकिय क्षेत्र हुने निश्चित छ । राराताल भन्दा ठुलो ताल बन्ने सम्भावना भएको ठाउँ छ । अहिले ठुला ठुला तिन चार वटा हिमतालहरु छन ।

त्यस्तै बुद्ध धर्म मान्ने वुद्धिष्ट हरुले बिभिन्न किसीका गुम्बा बनाएका छन् । त्यो ठाउँ साँच्चिकै पर्यटकिय क्षेत्रको हिसाबले महत्वपुर्ण छ ।त्यस्तै पादुका लाई धार्मिक पर्यटकिय स्थलकारुपमा राख्नुपर्छ भन्ने म आफैले पहल गरेको छु । अझैपनि लागि रहने प्रतिबद्धता व्यक्तगर्दछु । त्यस्तै कार्णाली नदीमा ¥याप्टिङ संचालन गर्ने ६ न. प्रदेशको हुम्ला जिल्लाको ताजाकोट गाउँपालीका र मुगु को खत्याड गाउँपालीका सँग सहकार्य गरी बिभिन्न खालका सहमति गरी पर्यटन प्रबद्धन गर्ने लक्ष्य लिएका छौ ।

६- त्याहाँको कठीनाई हेर्दात पर्यटन प्रबद्धन गर्न गारो छ नि ? भौगोलिक बिकटताले गर्दा सञ्चार माध्याम को पहुज पनि त्यति छैन पर्यटन प्रबद्धन गर्न गारो होला नि ?

हो तपाइले भने जस्तै पर्यटन प्रबद्धन गर्न गारो त छ किनभने त्याहाँजाने स्रोत साधानको पनि कमी छ । सञ्चार माध्यामको पनि कम पहँुज छ । भौगोलिक बिकटताले पनि हामी ठगिएका छौ त्यसैले अहिले सम्म पनि हामीले राम्रो संग टेलिफोन सञ्चालन गर्न सकेका छैनौ । तर पहिलेको तुलानामा हेर्नेहो भने अहिले धेरै सुबिधा भएको छ । म आफु गाउँपालीकाको अध्क्षय हुदै गर्दा साविकका तिन वटा गा वि स का मान्छेहरु पैतल यात्रा गरेर कोल्टीमा आएर फोन गनुपर्ने अबस्था थियो भने अहिले त्यो अबस्था बाट हामी धेरै नै अगाडी बढीसकेका छौ । अब हामीले जसरी भएपनि हिमाली गाउपालीकालाई पर्यटन प्रबद्धन गरेर सबैभन्दा देशकै उत्कृष्ट गाउँपालीकाका रुपमा पाँच बर्ष भित्र देश भर चिनाउने हाम्रो लक्ष्यरहेको छ ।

 

त्यस्तै अब हामीले त्याहाँका जनतालाई नेटको पहुजमा जोडन 4G सेवा सञ्चालनमा ल्याउने तयारी गरेका छौ आधुनीक खालको सोलार लिदै छौ त्यस पछि हामी पुर्णरुपमा सञ्चार माध्याम संग जोडिने छौ । अहीले हाम्रो गाउँपालीकामा फोन चलाउने मान्छे ८० प्रतिशत भन्दा बढीरहेका छन ।बाँकि टेलिफोन टावर नभएको ठाँउमा क्षेत्रिय टेलिफोनको कार्यलय संग टावर राख्ने सम्झौता गरेका छौ

७-  -याप्टीङ्घ संचालन गर्दै हुनु हुन्छ । कसरी संचालन गर्ने योजना बनाउनु भएको छ ?

हामीले ¥याप्टीङ्घ संञ्चालन गर्नलाई र्पटन बोडको सहसचिव र बिज्ञ टोली लिएर अनुगमन गरी सकेपछी मात्र हामीले ¥याप्टीङ्घ संचालन गरेर पर्यटन प्रवद्धन गर्न सयोग पुग्छ भनेर हामीले यो प्रक्रिया अगाडी बढाएका छौ ।अव प्रशासकिय अधिकृतले पर्यटन बोर्डबाट ¥याप्टीङ्घ संचालन गर्नको लागि बोर्ड र अरु बिभिन्न सामानहरु लिएर छिटो संचालन गर्ने र्छाै धुलाचौर भनेको सबैको बिश्राम स्थल भएकोले त्यहाँंबाट राराताल जानलाई गाडीबाट जम्मा १ घण्टाको बाटो मात्र रहेको छ ।

 

त्यस्तै बुढिनन्दा जानलाई जम्मा २ घण्टामा पुगिने सम्भावना रहेको छ। सबैको केन्द्रबिन्दु हुने निश्चित देखिएको छ । त्यसैले यो ठाउँमा ¥याप्टीङ्घ संचालन गर्न जरुरी देखिन्छ । त्यस्तै मानसरवर जान पनी एक दिनमा गाडीमा पुगिने भएकोले पर्यटनको लागि ¥याप्टीङ्घ चढेर् पर्यटकहरुले रमाउने निश्चित देखिन्छ । तेस्तै कर्णाली प्रदेशका हुम्ला मुगुका केही गाउँपालीकासंग सहकार्य गर्नुपर्छ हुम्लाको ताजाकोट गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाले पनी ¥याप्टीङ्घ सुरुवात गर्नुपर्छ र त्यो क्षेत्रलाई पर्यटकिय श्रेत्र बनाउनलाई हामी सबैले सहकार्य गर्नु जरुरी देखिन्छ । त्यस्तै हामीले अंतर स्तरीय मिट्रिé गरेर बस्नुुपर्छ भनेर हामीले कुरा अगाडी बढएका छौ ।

८- देश भरका स्थानिय तहमा भ्रष्टचार भयो भने गुनासो छ नि तपाइको गाउँपालीमा कस्तो छ अवस्था ।

भ्रष्टचार भएकोछ भनेर कसैले पनी भन्दैन तर हाम्रो गाउँपालीकामा भष्टचार भएको छैन किन भने आफै पनी अनुगमन गरी रहेकोछु । अरुकोमा के भएको छ मैले भने कुरा हैन । बाहिरबाट देखिने कुृरा हो । तर कसैले केही नपाएर भ्रष्टचार भएकोछ भनेपछी उसैको आफ्नै तरिकाबाट भनेको हुन सक्छ । हाम्रो गाउँपालिकामा भ्रष्टचारको अहिले सम्म शुन्य सहनसिलता देखिएकोछ म आफै भ्रष्टचार अन्त्य गर्नूृपर्छ भ्रष्टचार गर्न दिनु हुदैन कर्मचारीलाई पनी सचेत गराएकोछु ।

कार्यपालीकाको टिमहरुमा पनि सचेत गराएकोछु । पटक पटक योजनाहरुमा अनुगमन गरी सबै योजनाहरुमा म आफैले पनी हेर्ने गरेकोछु । कँहि कतैबाट उपभोतmा समितिले भ्रष्टचार गरेको कुरा सुन्न आएमा भने त्यो अलग कुरा हो सबै स्तथानिय तहमा भ्रष्टचार भएको छैैन भन सकिदैन । त्यसैले हामी सबैले भ्रष्टचार गर्नू ह्ुदैन भने कुरा बुभm्नु पर्दछ भ्रष्टचारलाई नियमन गर्न बिभिन्न निकाय छन् जस्तै जिल्ला प्रशासन कार्यालय अतियार अनुशन्धान दुरुपयोग आयोग नागरिक समाज र मिडिया सबै लागेर भ्रष्टचार गरेको भए बाहिर ल्याउनु पर्दछ भ्रष्टरीहरुलाई हामी सबैले बष्हिकार गर्न सक्नु पर्दछ ।

९- गाउँपालिकामा बढी राजनितिक नियुक्ति  हुन्छ भने आरोपछ नि ?

हाम्रो गाउँपालिकामा कुनैपनी राजनितिक नियुतिm भएको छैन र हुदैन पनी हामीले २८ जना संयम सेवक शिक्षक नियुतिm गरेका छौ । त्यसमा तपाईहरु गएर हेर्न सक्नु हुन्छ त्यहां हामीले सबैलाई समेट्ने कोशिस गरेका छौ । हामी नाताबात क्रिपाबात हुन बाट माथि उठ्नु पर्दछ । रानितिक नियुतिm भनेको एउटा मान्छेहरुले लागउने आरोप मात्र हो । हामी त सबै जनताको जन प्रतिनिधि भएको कारणले हामीले राजनिति गर्नु हुदैन । हामीले कर्मचारी नियुतिm गर्ने भनेको प्राबिधिक तर्फका नियुत्ति मात्र गर्ने हो । हामीले त्यो पनी स्पष्ट ढंगले बिज्ञापन गरेर मात्रै हामीले छनौट समिति गठन गरेकोछौ ।NGO – INGO बाट दुई जना र हाम्रो गाउँपालिकाबाट एक जना प्रतिनिधि बसेर कर्मचारीको छनौट गर्ने गरेका छौ । त्यसमा कसरी राजनितिक नियुतिm भयो होला त्यो तपाई हामीले सबैले बुझ्ने कुरा हो ।

१०- तपाईको राजनिति पृष्ठभुमि सहित गाउँपालिकाको अध्यक्ष कसरी हुनुभयो ?

सबैभन्दा पहिले मैले शिक्षक पेसामा काम गर्ने मौका पाए अनि केही समय आफ्नै गृहजिल्ला बाजुरामा काम गरे त्यस पछी छिमेकी जिल्ला अछाममा पनी काम गर्ने मौका पाएको थिए त्यसै क्रममा बझाङ्घमा पनी काम गरे त्यस पछी अव समाजको लागि केही गर्नु पर्छ भने सोच जागे पछी सबै भन्दा ठुलो सेवा नै हो भनेर राजनिकको माध्यमबाट सेवा गर्न ठिक हुन्छ भनेर २०५४ सालमा जागिरे जिवनबाट राजिनामा दिएर त्यस पछी मेरो औपचारिक रुपमा रानितिकमा लागे त्यही २०५४ सालमाको निर्वाचनमा मलाई नोमिनेशन दर्ता गर्न सम्म दिएन त्यस पछी अझ उर्जाशिल हुदै जनताको सेवा गर्नु पर्छ भनेर निरन्तर सेवामा लाग्दै आए अहिले जनताको सेवा गरे बापत अव यसलाई अझ सेवा गर्नै मौका दिनुपर्छ भनेर २०७४ को स्थानिय निर्वाचनमा मलाई जनताले सेवा गर्ने मौका दिएका छन् ।

 

यसलाई मैले जनताको सेवा गर्ने सुवर्ण अवसरका रुपमा लिएको छु । अझै जनताको सेवा गरि रहने छु । पहिला मैले त्यहांका जनताको चिन्ता गरि रहन्थे म माओवादीको जनआन्दोलन चलेपछी गाउँमा बस्न नसक्ने अबस्था भए पछी म काठमाडौ,नेपालञ्ज तिर बसे तर सधै त्यहाँंका जनताका लागि चिन्ता गरि रहे मैले त्यो बेला केन्द्रबाट योजना लिने त्यहांँका बिद्यालय बनाउने बाटो बनाउने मठ मन्दिर बनाउने र खानेपानीका धारा बनाउने देखि लिएर हिमालीको बिकास गर्नु पर्छ भनेर सधै लागि राखे त्यहाँका जनता प्रति सधै जिम्मेवारी ढंगले लाग्नुपर्छ भनेर सधै सोचि रहन्थे ।

 

त्यही कारणले अहिले मैले यो अवसर पाएको छु । त्यहांँ काँग्रेसको जन मत कमजोर थियो ६२ र ६३ को जन आन्दोलनले गर्दा होला हामी सारै कमजोर अवस्थामा थियौ अझ हामी भन्दा एमाले माओबादीको जनमत बलियो थियो । तिनै वटा पाटी भन्दा कमजोर काँग्रेस थियो तर सबै त्यहाँंका दाजुभाई दिदि बहिनीहरुलको मन जित्न सफल भएकोछु भने लागेको छ । सबै अव एक पटक जिम्मेवारी दियौ यस्ले केही गर्छ भने ठानेर सबैले मलाई भोट दिएर जिताउनु भएको हो । तेसैले म त्यहांँका सबै आम जनताहरुलाई निरास हुन नदिने प्रतिवद्धता व्यक्त गर्दछु । निर्वाचनमा सयोग गर्ने हिमाली गाउँपालिकाका सबै सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

११- अन्तिममा मैलै केही छुटाएका कुरा र तपाईले केही भनै पर्ने कुरा केही छ भने भनुहोस् ।

अन्तिममा यो भन्छु की रोजगारीको लागि गाउँपालीकाको पहलमा केतुके अथावा कटरको रेसा निकाल्नलाई एउटा मेसिन लिएर रोजगारी सिर्जना गरेकाछौ र उद्योग संचालन गरेका छौ । हामीले घरेलुशाखा र उद्योग बिकासशाखा र गाउँपालीकाको सयोगमा अहिले सञ्चालन भइ रहेकोछ त्यस्तै हिमाली गाउँपालिकामा प्रसस्तै जडिवुटि पाईने हुनाले हामीले दुइै वर्षको लागि जडिवुटी रोकेका थियौ र अव हामी यो जडिवुटी ल्याउन खुल्ला गर्न लागिराखेकाछौ । अब हामी जडिवृुटी प्रसोधन केन्द्र स्थापना गरेर त्यहांँको जडीवुटी प्रवद्धन गरेर राष्टिय तथा अन्तराष्टिय जगतमा प¥याउने व्यवस्था गर्दैछौ ।

 

त्यहाँंका जनतालाई पुर्ण रुपमा आत्मा निर्भर बनाउनु पर्छ भने हाम्रो लक्ष्य नै रहेको छ । हामीले तेहि भएर सात लाख खर्च गरेर भवन निर्माण गरेकाछौ । त्यो भवनको सुरक्षा र मेसिन राख्ने ठाउँ बनाउन घेरबार गर्न तिस लाख रुपैयाँको योजना लिएका छौ । अव जडिबुटी प्रशोधन केन्द्र स्थापना छिटै हुदैछ । अर्काे बर्ष बिजुली बत्ती पनी तयार भए पछी अर्काे तर्फ मेसिन ल्याउने काम हुदैछ । त्यस पछी चाडै प्रशोधन केन्द्र संचालनमा आउँछ । अनी त्यहाँका जनताले रोजगारी पाउने अवस्था सिर्जना हुन्छ । अव हामीले भौतिक पुर्वधारका कुराहरुको काम हुदै गर्छ । अव हामीले बिकास भनेको कृषिमा आधुनिकरण गर्ने अवको हाम्रो मुख्य लक्ष्य भनेकोै कृषिक्रन्ति नै हुनेछ ।

 

त्यस्तै अहिले एउटा प्रोजेक्ट स्थापना गरेकाछौ हिमाली गाउँपालिकामा खाद्य सुरक्षाका लागि बृक्षा रोपण कार्यक्रम भनेर एउटा नंयाँ कार्यक्रम ल्याएकोछु । तर संञ्चारका माध्यमको पौहुँच नहुदा हामीले राम्रा काम ल्याए पनी खासै प्रचार नहुदा बाहिर ल्याउन नसक्दा यस्ता महत्वपुर्ण कार्यक्रमको प्रचार हुन सकको छैन,हामीले २३ हजार स्याउका बोट खरिद गरेका छौ । त्यस्तै १२,९९४ बोट ओखरका खरिद गरि सकेका छौ ।

 

अव लेकाली भागमा फाल्गुन महिनामा बोट रोपी सक्नु पर्ने भएकोले अवको केही दिनमा यो कार्यक्रम हाम्रो गाउँपालिकाका जनतालाई स्याउ र ओखरका बोट बितरण गर्नेछौ । प्रति परिवार २० बोट रोप्नु पर्ने हुन्छ र एक बोट बराबरको ५ के जी चामल दिइनेछ । एक परिवारले २० बोट अनिवार्य रोप्नुपर्ने वाध्यता गरेकाछौ । एक परिवारमा पाँच जना भन्दा बढी भएमा एक जना बरावर ४ वोट थप हुने र चामल पनी पर बोट पाँच के.जी. थप हुने छ ।

 

त्यसले वातावरण पनी स्वच्छ हुने त्यसैबाट आम्दानी पनी गर्न सकिने हुनाले यो कार्यक्रम पाँच बर्षसम्म सञ्चालन हुने छ । पाँच बर्ष पछी स्याउ फल्न सुरु भए पछी पर बोट २ कुन्टलको दरले ४० कुन्टल स्याउ भयो भने पनी एउटा परिवारलाई जिबिको पार्जन गर्न पुग्ने अवस्था हु्न्छ । स्याउ गाडीमा हालेर शहर सम्म पु¥याउने व्यवस्था गाउँपालिकाबाट मिलाउछौ ।

शहरका पैसा गाउमै पुग्ने अवस्था ल्याउ छौ,अव यो कार्यक्रमले त्यस्तै बेसी तिर पनी सुन्तला, कागती, अनार पनी रोप्ने व्यवस्था गरेकाछौ । यो नितान्त नयाँ कार्यक्रम भएकोले यही कार्यक्रमले भोलीका आउने दिनमा त्याहाँका जनतालाई आत्मनिर्भर बनाउने हाम्रो मुख्य लक्ष्य रहेकोछ । अव मेरो उद्देश्य भनेको कृषि क्रान्ति गर्नुपर्छ भने हो । त्यस्तै हामीले प्याजको पकेट क्षेत्र घोषण गरि सकेका छौ । केन्द्रबाट पाँचस लाख बिशेष अनुदान प्याजको लागि सकारसँग सहयोग मागि सकेका छौ ।अव हाम्रो परम्परागत खेति लोभ हुदै जाने क्रममा रहेकोले हामीले त्यो खेतीको लोप हुन नदिन खेति सुरु गछौ।

 

जस्तै चिनु,कागुनु,फापर,कोदो,जौ आदि बालीको पनी संरक्षण गर्न हामिले पहल गरेका छौ। त्यहाँका जनतालाई कसरी हुन्छ आत्मा निर्भर बनाउँने सुखी जनता सम्बृद्ध गाउँपालिका बनाउने हाम्रो मुख्य लक्ष्य रहेको रहेकोछ । अहिले मान्छेलाई सुन्दा अचम्म लाग्न सक्छ तर गाउँपालिकाको केन्द्रबाट गाउँपालिकाको एउटा गाउँमा पुग्नु तिन दिनको पैदल यात्रा गर्नु पर्छ गुम्वा भने गाउँमा पुृग्न,त्यसैले हाम्रो भु्गोल तेस्तो अबस्थामा रहेकोले म निर्वाचन हुने बेला भोट माग्नसम्म नगएको मान्छे अहिले म जाँदा त्यहाँका जनताको बारेमा बुझ्ने मौका पाएको थिए। अनि त्यहाँका जनजाती जनताको द्यशिक्षा दिने बारेमा उनीहरुकै भाषा पढाउने शिक्षक गाउँपालिकाले नियुतिm गरिदिएछ । त्यस्तै अरु पनी महत्वपुर्ण काम गरेको छु ।

 

६० बर्ष देखि ७० वर्ष भन्दा तलका बृद्ध वृद्धालाई गाउँपालीकाको तर्फबाट सुरक्षा भता स्वरुप तिन सय रुपैयाँ मासिक दिने निर्यण गरेको छु । त्यस्तै क र ख बर्गका अङ्घहरुले मात्र राज्यले दिने सेवा सुबिधा पाउने ग र घ बर्गका अपाङ्घले केही पनी सेवा सुविधा नपाउने भएपछी गाउँपालिकाको तर्फ मासिक रु. २०० अपाङ्घ भता दिने व्यवस्था मिलाएको छु । त्यस्तेै दलितका बालबालिकालाई शिक्षाबाट बञ्चित नगर्ने उद्येश्यले अहिले गाउँपालिकाले ३ जना विद्ययाथिलाइ टेक्निकल बिषयमा ५० प्रतिशत सयोग गरेर पढाउने व्यवस्था मिलाएका छौ ।

त्यस्तै महिलाहरुलाई सिलाई कटाईमा १२ जनालाई तालिम दिएका छौ । त्यस्तै ४ जनालाई जुता सिलाउने तालिम दिएकाछौ त्यस्तै ९ जनालाई फर्निचर उद्योग सम्वधित तालिम दिएकाछौ । गाउँ घरमा रहेको बिकृति बिसँगति हटाउन मदिरा निषेधत क्षेत्र घोषणा गरेका छौ । त्यस्तै छाउपडी कुपर्थाको लागि हिमाली गाउँपालिकामा छाउ गोठ भेटिदैन त्यो सबै अत्य गरेकाछौ । विभिन्न किसिमका सामाजिक काम गर्दै अगाढी बढ्ने हाम्रो उद्देश्य हो । त्यस्तै सरसफाइका लागि अभियान संचालन गर्र्ने तयारीमा रहेकाछौ ।

 

अव अगामी आउने दिनमा हामीले बिकासका कुराहरुलाई निरन्तर अगाडी बढाउनु पर्छ म भन्दा पछी जो सुकै जन प्रतिनिधी भए पनी राम्रो कामलाई प्रोत्साहान गर्दै अगाडी बढ्नु पर्दछ । जनताको लागि कसैले पनी राजनितीक पुर्व आग्रह राख्नु हुदैन । बिकासको संदर्भमा कसैले पनी राजनितिक गर्नुृृ हुदैन हामी सबै मिलेर अगाडी बढेपछी सबै काम गर्न सहज हुदै जान्छ । हामी सबै नमिले पछी कुनै पनी काम गर्न सकिदैन नागरिक समाज प्रत्रकार समाज सेवी बृद्धिजिबी सबै मिलेर गए पछी एउटा गाउँपालिका मात्र हैन सिङगो देशको मुहार फेर्न सकिन्छ । राम्रा नराम्रा कुराहरु बाहिर ल्याउनलाई प्रत्रकार र मिडियको मुख्य भुमिका रहन्छ । त्यसैले सत्य तथ्य समचारहरुको उजागर गर्दै गए समाजमा पनी केही परिर्वत आउने निश्चितछ । छापामार राष्टिय साप्ताहिकबाट साभार।