दुर्गम गाउँमा सिटामोल र जिवनजल लिन पाचँ दिनको यात्रा,अहिले पनि जडिबुटिको भरमा उपचार गर्नु पर्ने बाध्यता

बाजुरा,फागुन १७। बाजुराकाे हिमाली गाउँपालिकाकाे सबै वडा भन्दा टाढा रहेको गुम्बा र लाम्पाटा गाँउ राज्यको नजर भन्दा धेरै पछाडी र वेवास्तामा रहेको छ । हिमाली गाँउपालिका ३ मा रहेको यो गाँउ बाजुराको उत्तरी क्षेत्रको हुम्ला सँग जाेडीएकाे छ, यी दुबै अन्तिम गाँउ हुन । 

गुम्बा र लाम्पाटा गाँउका बासिन्दालाइ सिटामोल, जिवनजल लगायत आधारभुक्त सेवा लिन दुइ दिन  लाग्छ याे उनिहरूकाे बाध्यता नै रहेको छ । बिच्छँया स्वास्थ्य चौकी पुग्ने गाँउ बाट उनीहरूलाइ दुई दिन लाग्ने गर्छ, स्वास्थ्य संस्था धेरै टाढा भएकाले यहाँका बासिन्दाहरु जडिबुटिको भरमा आफ्नाे स्वास्थ्यकाे उपचार गर्नु पर्ने बाध्यता रहेकाे स्थानीय बासिन्दाले बताउ छन्।  

  गुम्बामा २५ परिवार र लाम्पाटा गाँउमा १३ परिवार बसोवास गर्दै आएका छन् । एक महिना देखी ज्वरोले त्यहाँका बुढाबुढी र बालबालिका  थलिएका छन् तर एउटा सिटामाेल सम्म खान पाएका छैन् अहिले जडिबुटिको साहारामा उपचार गरिहेका छन् ।  उनिहरू रोग सँग लडिरहेका छन् । स्वास्थ्य चौकी जान दुइ दिन जान, एक दिन उपचार गर्न र दुइ दिन फर्कन समय लाग्छ त्यसैले के गर्नु घरमै जडिबुटि खाने गरेका छाै भनी त्याहाँका स्थानीय बासिन्दा बताउ छन्।

 

उनिहरू जस्तै गाँउका सबै बासिन्दाहरू भगवान भरोसमा बाचिरहेका छाै भनि बताउने गरेका छन् । बिरामी हुँदा उपचार गर्न जानका लागि उपचार गर्ने ठाँउ छैन् । बिरामी बोकेर लिने कुनै सम्भाबना नै छैन्, अनि त्यहि जडिबुटिको भरसामा बाच्नु पर्ने बाध्यता रहेकाे छ।सरकारले निशुल्क रुपमा दिने सामान्य औषधि लिनका लागि पनि पाचँ दिन भन्दा बढी समय लगाउनु पर्ने बाध्यता रहेको छ । 

 

परिवार नियोजनका साधन लिन स्वास्थ्य चौकी नै पुग्न पर्ने भएकाेले अहिले सम्म सो गाँउका कुनै पनि परिवारले अस्थायी साधन प्रयाेग गरेका छैन्। जस्तै, कण्डम, पिल्स, डिपो लगाउनका लागि स्वास्थ्य चाैकी धेरै टाढा भएकाले अस्थायी साधन समेत कसैले पनि प्रयोग नगरेको स्थानीय बताउछन्।त्यस्तै स्थायि बन्धाकरणको कुरा त धेरै टाढा रहेको पनि स्थानीय बताउ छन्। परिवार नियोजनको साधन प्रयोग नगर्ने भएकाले एक दम्पतिले ५ देखी ११ बच्चा सम्म जन्माउने गरेको त्यहाँका स्थानीय बतउ छन्।

 

सदरमुकामबाट झन्नै  ५० कोष टाढा रहेकाे छ, भने पैदल यात्रा  ५ दिन सम्म लाग्ने गरेकाे स्थानीयले बताउने गरेका छन्।लाम्पाटा र गुम्बा गाँउमा अहिले सम्म सरकारी सेवाको अनुभुति समेत स्थानीयले पाएका छैनन् । स्वास्थ्य,शिक्षा लगायतका आधारभुत सेवा बाट बञ्चित भएको स्थानीय बासिन्दाकाे गुनासाे रहेकाे छ। लाम्पाटा गुम्बा गाँउ भन्दा अझै ४ घण्टा टाढा रहेको छ । लाम्पाटा गाँउमा ५ बर्ष मुनिका वालवालिकालाइ अहिले सम्म पनि खोप लगाएकाे छैन भनि स्थानीयले बताउने गरेका छन्।

 

लाम्पाटा गाँउमा सबै जनजातिले मात्र बसोवास गदै  आएका छन्।  हिमाली गाँउपालिले स्वास्थ्य चौकी वडा नं. १ बिच्छँयामा राखेकाे छ । त्यहाँ पुग्न २ दिन भन्दा बढि समय लाग्ने गरेको स्थानियले बताएका छन् । गाँउका कुनै पनि महिलाहरु सुत्केरी हुँदा खोप र अन्य सेवा सुविधा नपाउने गरेको स्थानीयले बताउने गरेका छन्।