ललितपुरमा महिलामाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर तानिए परिसर

ललितपुर, फागुन १८ । महानगरिय प्रहरी प्रभाग बुंगमती(भेसेपाटी) मा कार्यरत इन्स्पेक्टर देवीप्रसा पौडल ललितपुर परिसर तानिएका छन् । उनको ठाउँमा महानगरिय प्रहरी परिसर ललितपुरका कार्यरत इन्स्पेक्टर सुजित कुमार ओझालाई खटाइएको छ ।

 

इन्स्पेक्टर पौडेलले बिहीबार भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि धर्नामा बसेका महिला हटाउने विषयमा उनले बच्चा बोकेका हेमा श्रेष्ठमाथि बल प्रयोग गरेका थिए ।उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

 

पौडेलमाथि छानविनका लागि महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यी छानविन टोली गठन भएको छ।छानविन समितिको प्रतिवेदनका आधारमा उनीमाथि कारबाही हुने परिसरका एसएसपी टेक प्रसाद राईले बताए ।