अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा बढाएको कर र पुस्तकमा लगाएको आयकर फिर्ता लिन माग गर्दै प्रदर्शन

 
काठमाडौं, फाल्गुन १८। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आईतबार काठमाडौकाे माइतिघर मण्डलामा मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

 

सरकारले पेट्रोलियम पदार्थमा १० प्रतिशत विकास कर लगाउने बाहानामा पेट्रोलियम पदार्थको मूल्य बढाएर सम्पूर्ण उपभोग्यवस्तुमा मूल्य वृद्धि गर्ने तयारी गरेको भन्दै अखिल क्रान्तिकारीले काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

 

त्यसैगरी सरकारले कितावको आयातमा लगाएको करको पनि विरोध गरेका थिए ।काठमाडौको माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा लिम्पियाधुरा–लिपुलेक–कालापानीमा भारतले गरेको हस्तक्षेपको विरुद्ध समेत प्रदर्शन गरेको थियो ।

माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमलाई सम्बोधन गदै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा सामाजिक कर बढाउना साथ पेट्रोलियम पदार्थको मूल्य बढ्ने र त्यसले देशमा सगम्र उपभोग्य वस्तुको मूल्य वृद्धि हुने भएकोले तत्काल कर फिर्ता लिनु पर्नेमा जोड दिए ।

 

त्यसैगरी अध्यक्ष गजुरेलले सरकारले किताव आयातमा कर लगाउँदा त्यसको सोझो असर विद्यार्थीमा पर्ने र पुस्तकको शुल्क बढाइ विद्यार्थीलाई महंगीको मारमा पार्ने सरकारको तयारी रहेको भन्दै किताव आयात कर पनि फिर्ता लिन माग गरेका थिए ।

 

कार्यक्रमलाई अखिल क्रान्तिकारीका उपाध्यक्ष शिलु न्यौपानेले पनि सम्बोेधन गरेकी थिइन् ।कार्यक्रमको सञ्चालन महासचिव पेशल दाहालले गरेका थिए ।