अमेरीकामा तीव्र गतिमा फैलिदै कोरोनाः थप एकको मृत्यु ,७४ संक्रमित

एजेन्सी फागुण १९। विश्वभर महामारीको रुप लिदै गएको कोरोना भाईरसका कारण अमेरीकामा थप एक जनाको मृत्यु भएको छ । आईतबार न्यूयोर्क सिटी नजिक एक जना ७० बर्षीय नागरिकको कोरोनाका कारण मृत्यु भएको डेली मेलले जनाएको छ ।

 

अमेरीकामा पहिलो पटक कोरोनाका कारण शनिबार वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको थियो । साथै कोरोनाका कारण अमेरीका भर ७४ जना संक्रमित रहेको जनाईएको छ ।अमेरीकाले कोरोना प्रवेश गरे पछि यात्रामा प्रतिवन्त्र लगायतका आपतकालीन व्यवस्था शुरु गरेको छ ।

 

यसअघि कोरोनाको उद्गमस्थल चीनको बुहानमा अर्का एक अमेरिकी नागरिकको मृत्यु भएको थियो । कोरोनाका कारण आफ्नो एक नागरिकको मृत्यु भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो अन्य सम्भावित घटनाहरु हुन सक्ने भए पनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन् ।

 

विश्व स्वास्थ्य संगठनले विश्वका ६० देशमा कोरोना भाइरस देखापरेको र झण्डै ३ हजार व्यक्तिको मृत्यु भइसकेको जनाएका छन् । ८५ हजार व्यक्ति संक्रमित भएका छन् ।