राष्ट्रिय स्वाधिनताको अभियानमा विभिन्न पार्टी परित्यागरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेको लहर

 कास्की,फागुन १९। क्रान्तिकारी माओवादीर्को राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन बिस्तार अभियान‘ अनुसार कास्कीमा संगठन बिस्तार सम्वन्धी बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन ।

 

जस अनुसार फागुन १७ गते अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको बैठक बसी संगठन निर्माण र संघर्षका गतिविधिलाई अगाडि बढाउने निर्णय गरेको छ ।

 

त्यसैगरी फागुन १४ देखि २१ सम्मको शहिद सप्ताह अन्तरगत जनयुध्दका प्रथम शहिद दिल बहादुर रम्तेलको तस्बिरमा माल्यार्पण गरी बिभिन्न कालखण्डमा शहादत प्राप्त भएका अमर शहिदहरुप्रती मुठ्ठी उठाइ भावपुर्ण श्रध्दान्जली अर्पण गरियो ।

 

सो अवसरमा पार्टीका कास्की जिल्ला ईन्चार्ज अरुणद्वारा १० जनालाई अबिर लगाइ पार्टीमा प्रबेस गराउने कार्यक्रम सम्पन्न भयो र आगन्तुकहरुलाई मजदुर मोर्चामा समाबेस गराउने निर्यण गरियो । यसरी पार्टी प्रबेशी  गर्नेहरुमा तिलक थापा, निश्चल थापा, बिर बहादुर थापा, झक बहादुर रम्तेल, कालिका आले, बेद ब. थापा, खेम बहादुर आले, नारायणी परियार लगायत रहेका छन् ।

 

त्यसपछि आगामी मार्च ८  फागुन २५ गते अनेमसंको आयोजनामा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अबसरमा मजदुर मोर्चाका तर्फबाट सकृय सहभागिता र सहयोग गर्ने निर्णयका साथ बैठक सम्पन्न भएकाे थियाे।

 

बैठकमा पार्टी केस एवं कास्की जिल्ला ईन्चार्ज अरुण ,मजदुर मोर्चाका केस द्वय कर्ण बहादुर पुन र बिना बुढाथोकी,देजमो नेपालका जिल्ला अध्यक्ष टेक ब. गुरुङ,बुध्दिजिबी मोर्चाका परशुराम कोइराला,महिला मोर्चाका उर्मिला श्रीस र दिल कुमारी पुन लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन बिना बुढाथोकीले र अध्यक्षता मान बहादुर गुरुङले गरेका थिए ।