ललितपुरमा शुभकामना आवासीय मा.वि ले भव्यरूपमा अभिभावक दिवस मनायाे

 विष्णु विकिरण

 ललितपुर। ललितपुर स्थित शुभकामना आवासीय मा वि ले भव्य अभिभावक दिवस मनाएको छ।विद्यालयको प्राङ्गणमा भएको अभिभावक दिवस कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेन्द्र बरालको प्रमुख आतिथ्यता रहेको थियो।

 

सरकारी शिक्षामा उच्च गुणस्तरीयता नहुनाले आजभोलि हरेक अभिभावकको ध्यान दिन बोर्डिङ्ग स्कुल तिर जानु कुनै नौलो कुरा होइन्।विद्यार्थीको प्रतिभा र क्षमतालाई गुणस्तरीयतामा ढाल्न अहिले बोर्डिङ्ग स्कुलले खेलेको भूमिका सह्रानीय रहेको छ।

 

विद्यार्थीहरुलाई सहज शैक्षिक वातावरण दिन सफल ०४३ सालमा भोलढोकामा स्थापना भएको शुभकामना बोर्डिङ्ग स्कुलले अभिभावक दिवस् निरन्तर गर्दै आइरहेको छ।प्रमुख अतिथि योगेन्द्र बरालले अहिले सरकारी स्कुल भन्दा बोर्डिङमा केहि शुल्क महङ्गो रहेता पनि गुणस्तरीय शिक्षा दिएको बताएका छन्। शिक्षा विकास तथा इकाई समन्वय प्रमुख बरालले पढाइका साथै अतिरिक्त क्रियाकलाप सिकाउन बोर्डिङ्ग स्कुल सफल भएको बताएका छन्।

 

 

कार्यक्रममा २० बिस वर्ष भन्दा बढी अध्यापन गर्दै आएका शिक्षकर शिक्षिकाहरुलाई प्रधानाध्यापक राजेन्द्र प्रसाद उप्रेतीले सम्मान गरेका थिए।शुभकामना स्कुलका निर्देशक मनोज उप्रेतीको सभापतित्वमा भएको सो अभिभावक दिवस कार्यक्रममा तिनसय बढी अभिभावकको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य तथा गायन प्रस्तुत गरेका थिए।