कामरेडले : बाटो बिर्सिएपछि
तपाईंले बाटो बिर्सिनु भयो कि काम
तपाईंका जुत्ता कुन बाटोमा लम्किदैं छन्
हेर्नुहोस् एकपटक आफ्नै जुत्ताले ओगटेको क्षेत्रफल
आफ्नै जुत्ताको आयतन सम्झिनुहोस आफ्नै जुत्ताको मुल्य
उहिले र अहिले धेरै फरक छ है कामरेड?
क्रान्ति भनेको यहि त हो ।
कामरेड कहिल्यै सम्झिनु भएको छ बिगत
कहिल्यै सोच्नु भएको छ भबिष्य
कहिल्यै नियाल्नु भएको छ वर्तमान ।
साँच्चै तपाईँ त यो देशको बारेमा सोंच्ने मान्छे
कहाँ फुर्सद हुन्छ् र हामीलाई जस्तो नानाथरीका
कुरा सोच्न बिगत सम्झिन र मन बहकाउँन ।
प्रिय कामरेड तपाईंले बिर्सिए पनि कहाँ बिर्सिन सक्छु र म
तपाईंलाई दुस्मनले हानेको गोली मैले थापेको
तपाईंले पानी माग्दा मैंले रगत पिलाएको
तपाईं थाकेर हिँड्न नसक्दा मैले बोकेको
हो त्यहिँ दिन गल्ती भएछ कामरेड
मैंले सोचेकै थिइन् बुई चढेर शिरमा प्रहार गर्नु होला भन्ने।
हिजो एउटै बाटोमा हिँडेका हाम्रा जुत्ता
आज फरक फरक यात्रामा छन्
म काँडा टेक्दै ,ठेस लाग्दै हिँडिरहेको छु
तपाईं रातो कार्पेटमा पुष्पगुच्छा टेक्दै हिँड्नु भएको छ ।
छन् त हाम्रो नारा एउटै थियो लड्न पनि संगै लडेका हौ ।
छन् त हाम्रो नारा एउटै थियो लड्न पनि संगै लडेका हौ ।
कामरेड तपाईंको आदेशमा नै जलाएको हुँ
स्कुल जाँदै गरेका नानीहरूका सपना किनभने
तपाईं भन्नुहुन्थ्यो बुर्जुवा शिक्षा खारेज हुनुपर्छ ।
गरीबहरूको दिन आउँछ भनेपछि
नयाँ शासनमा सबैं मालीक बन्न पाईन्छ भनेपछि
मैंले बोकेको हुँ कामरेड रातो झण्डा
हिँडेको हुँ कहिले भेरीको तिरै तिर
कहिले रोल्पाको भिरै भिर ।
कामरेड तपाईंले हाँमीमाथी नै बुट बजार्नु भयो
हाँमी त तपाईंको सुरक्षामा घाईते भएका
पुर्ब लडाकु तपाईंको जस्तो आदम्य शाहास कहाँ छ र ?
तपाईंको जस्तो शक्ति कहाँ छ र ?
कामरेड अहिले तपाईंका जुत्ता
सिँहदरबारको बाटो लाग्दैगर्दा
मेरा जुत्ता खाडिको बाटो लाग्ने तरखरमा छन् ।
प्रिय कामरेड म सोचीरहेछु
यतिबेला मैले बाटो र्बिर्सिएँ कि
तपाईंले बाटो बिर्सिनु भयो ?