क्रान्तिकारी माओवादीको अभियान अपडेट : दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन नपापछि आजबाट तार्केश्वरमा सुरु

काठमाडौं,फागुन २० । नेकपा (क्रान्तिकारी माओवादी)ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार’को अभियान काठमाडौमा पनि जारी छ । पार्टीको काठमाडौं जिल्लाले उक्त अभियान दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नपामा विभिन्न स्थानमा अभियान सञ्चालन गरिसकेको छ । आजबाट तार्केश्वर नपामा अभियान सुरु हुने पार्टी केस तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महतले जानकारी दिइन् ।

 

नेतृ महतकै नेतृत्वमा रहेको उक्त अभियान टोलीले चन्द्रागिरी नपाको गुर्जुधाराचोक, दहचोक, सिर्जना नगरचोकमा कोणसभा सम्पन्न ग¥यो भने नागार्जुन नपाको सितापाइला, बनस्थली र नयाँ बसपार्क गोङ्गबु चोकमा कोणसभा सम्पन्न ग¥यो ।

 

मंगलबार सीतापाइला चोकमा भएको कोणसभालाई नेतृ महत, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष बन्धुदेव पाण्डे, मजदुर नेता बद्री चापागाईं, दलित मुक्ति मोर्चाको तर्फबाट राम नेपाली, क्रान्तिकारी युवा लिगको तर्फबाट सुरेश तामाङ लगायतले सम्बोधन गरेका थिए । कोणसभाको सञ्चालन पार्टी जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले गरेका थिए ।

 

उक्त अभियान टालीले मंगलबारै नागार्जुन नपा र उक्त नपाको ३ नं. वडा कार्यालयमा नक्कली नक्साको अनुगमन गर्दै बनस्थली चोकमा कोणसभा सम्पन्न ग¥यो । कोणसभालाई पार्टी जिल्ला सक्रेटरी छन्त्यालले सम्बोधन गरे ।

 

त्यसपछि नयाँ बसपार्क गोङगबुमा भएको कोणसभालाई खगेन्द्र छन्त्याल र बन्धुदेव पाण्डेले सम्बोधन गरेका थिए ।
अभियानको क्रममा नपा तथा वडा कार्यालयहरुसँगै सरकारी तथा निजी बोर्डिङ स्कूलमा समेत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा छलफल गरिएको बताइएको छ ।

 

नेतृ महतका अनुसार अभियानको क्रममा नपा र वडा कार्यालयलाई ३० वडा जति नक्सा वितरण गरिएको छ । दक्षिणकालीमा १, कीर्तिपुरमा ३ वटा, नागार्जुनमा एक वटा विद्यालयमा छलफल भएको छ ।

 

उक्त अभियान टोली आजबाट तारर्केश्वर नपा र वडा कार्यालयहरुमा अनुगमनसँगै विभिन्न स्थानमा कोणसभा गर्ने कार्यक्रम रहेको बताइएको छ ।