पूर्वडीएसपी खिउजु बलात्कार आरोपमा भक्तपुरबाट पक्राउ

 ललितपुर, फगुन २१। नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उनलाई पक्राउ गरिएको पुष्टि गरे । राईले भने, ‘पक्राउ गरेर ल्याएका छौं । अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।

 

प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

 

२०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए।

 

‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।