नेकपा सांसद बलात्कार आरोपमा पक्राउ

काठमाडौं, फागुन २२ । बलात्कार आरोपमा नेकपाका सांसद पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बुधबार पक्राउ परेका हुन्।

 

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन्।

 

प्रदेशसभा सदस्य रावलकाविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले रावललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए।

रावल पूर्वमाओवादी केन्द्रको तर्फबाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन्।