कोरोना भाइरसको आशंका बढेसँगै सर्जिकल मास्क अभाव

सुर्खेत, फागुन २३ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्कको अभाव देखिएको छ ।

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि व्यवसायीले महंगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौं निर्यात गरेपछि अभाव सिर्जना भएको हो ।

 

नेपाल औषधि व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १ सय मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिए ।

‘डिलरमै मास्क छैन्, हामीसँग भएको पनि सकियो,’ उनले भने, ‘एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।

 

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घअन्तर्गत फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाको मास्कहरु पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए । कपडाको मास्क किन्ने ग्राहकको संख्या बढेको उनले बताए ।

 

यसैबीच, काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००।५ डिग्री सेल्सियस ज्वरो देखिएको हो ।

 

जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।

 

अस्पतालका निर्देशक डा।डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । उनले भने, ‘ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था रहेको छैन ।

 

प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो । रासस