कोरोना भाइरस सङ्क्रमणबारे चेतना अभिवृद्धि गर्न निर्देशन

मध्यपुरथिमि, फागुन २३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा रहेका स्कूलका सहचालकलाई विद्यालयहरुका विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमणका बारेमा जानकारी दिने गरी जनचेतना अभिवृद्धि गर्न निर्देशन दिएका छन् । नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकार पक्ष तथा प्रधानाध्यापकबीच छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

 

कार्यक्रममा मेधा माविका प्रअ गङ्गाधर हाडाले कोभिड–१९ को त्रासलाई ध्यानमा राखेर समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र केही कारणवश परीक्षा छुटेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्नुपर्ने बताए । इसान भक्तपुर जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछाले कोरोनाको खतराबाट जोगिन सरकारको निर्देशनलाई पालन गरी निर्धारित समयमै परीक्षा गर्नु उपयुक्त हुने बताए ।

 

एनप्याब्सन भक्तपुरका उपाध्यक्ष पुण्यराम कवांँले विद्यार्थी र अभिभावकमा कोरोनाको त्रास धेरै देखिएकाले विद्यालयमा मनोसामाजिक परामर्शको खाँचो औँल्याए ।रासस