विदेश पठाईदिन्छु भन्दै ११ लाख ठगी गर्ने एक पक्राउ

काठमाडौं, फागुन २३ ।धनुषा जिल्लाका एक जनाले विदेश पठाईदिन्छु भन्दै ठगी गरेकाे  आरोमा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनुषा मिथिला नगरपालिका वडा नम्वर ५ घर भइ हाल काठमाडौंको गौशला बस्ने वर्ष २४ को रामेश्वर साहलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

 

साहले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारको सिलसिलामा दुबई, मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारेर ९ जना व्यक्तिहरुबाट ११ लाख २४ हजार २ सय ठगी गरेको महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

 

पक्राउ परेका साहलाई महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको प्रहरीले जनाएको छ ।