संयुक्त राष्ट्र संघको अगुवाइमा द्वन्द्वग्रस्त मुलुकमा: नेपाली सुरक्षाकर्मी शान्ति मिशनमा कति छन् ,हेनुस् यस्ताे छ विवरण

 काठमाडौं,फागुन,२३ ।नेपाली सेनालाइ नेपालले अघिल्लोपटकको तुलनामा एक स्थान सुधार गरेको हो । शान्ति स्थापनार्थ विभिन्न  १ सय २२ देशले नेपाली सेना पठाउने गरेका छन् ।

 

संयुक्त राष्ट्र संघको अगुवाइमा द्वन्द्वग्रस्त विभिन्न मुलुकमा शान्ति स्थापनार्थ धेरै सुरक्षाकर्मी पठाउने देशको सूचीमा नेपाल चौथो स्थानमा उक्लिएको छ ।

 

 

पछिल्लो तथ्याङ्कअनुसार विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा नेपालका ५ हजार ६ सय ५८ सुरक्षाकर्मी तैनाथ छन् । जसमध्ये नेपाली सेना ५ हजार ९६ र नेपाल प्रहरी तथा शसस्त्र प्रहरी गरी ५ सय ६२ जना छन्।

 

नेपालले पहिलो पटक सन् १९५८ मा ५ जना सैनिकलाई पर्यवेक्षकको रुपमा युनाइटेड नेशन्स् अब्जरभेसन ग्रुप इन लेबनान UNOGIL, मिशनमा पठाएको थियो ।

 

अहिलेसम्म १ लाख २९ हजार ८ सय ९९ जना सैनिकहरुले शान्ति मिशनमा सहभागिता जनाइसकेका छन् । जसमध्ये १ हजार ४ सय १ जना महिला सैनिक छन् । हाल १ सय ८१ जना महिला सैनिक मिशनमा रहेको सेनाले जनाएको छ ।