नेपालमा दैनिक कति जना पुग्छन् कोरोना जचाँउन अस्पताल

काठमाडौं, फागुन २४ । विश्वभर जोखिमकै रुप लिएको कोरोना संक्रमणको आशंकामा नेपालमा शनिबारसम्म ४३७ जनाको नमुना (रगतरर्‍याल) परीक्षण गरिएपनि कसैमा उक्त भाइरसको लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।

 

चीनको वुहानमा डिसेम्बरमा देखिएको कोरोना नेपालमा अहिलेसम्म फेला नपरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

१ जनामा कोरोना संक्रमण भेटिए पनि उपचारपछि उनी अहिले स्वस्थ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसयताका कसैमा पनि कोरोना संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

 

अझै ५ जना आइसोलेसन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका छन् ।आइसोलेसन भनेको शंकास्पद व्यक्तिलाई उसको नमुना परीक्षणको रिपोर्ट नआउन्जेल अस्पतालको अलग्गै वार्डमा राख्नु हो।

अहिले दैनिक १र२ जना कोरोना परीक्षणका लागि अस्पताल आउने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।