काला पानी बेचिन्छ,सिहदरबारमा केक काटिन्छ !

 थुमराज उपाध्याय

काला पानी बेचिन्छ, नक्सामा लिपुलेख काटिन्छ
रुदै गर्दा नेपाल अामा, सिहदरबारमा केक काटिन्छ !

 

सत्तामा नहुदा राष्टबादि, भनियका यहिले नबोलेपछि
किन बोल्छन चुनाबमा,अरब अौ को चेक काटिन्छ !

 

तिस्टा मासियो कागडा मासियो,अरु छन कत्ति कत्ति
अब त बोल्यौ ए राष्टबादि हो,गोर्खालीको शेष काटिन्छ !

 

कोहि दार्चुलाबाट लागे, कोहि ताप्लेजुङबाट लागेपछि
सतहत्तर ठाउमै शत्रु लाग्यो भने,यो नेपाल देश काटिन्छ!