लिफ्ट दिने बहानामा युवती बलात्कृत

ललितपुर, फागुन २९ । ललितपुरको सातदोबाटोस्थित ३२ वर्षीया महिला कार चालकबाट बलात्कृत भएको भन्दै प्रहरीकहाँ पुगेकी छन् ।

उक्त घटनाको अनुसन्धान प्रहरीले अघि बढाएको छ । लिफ्ट दिने भन्दै एक कार चालकले महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

घटनामा प्रयोग भएको कार पहिचान भएको छ । प्रहरीले गरेको अनुसन्धानबाट आरोपीको कारको पहिचान भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले बताए । उनले भने, ‘अनुसन्धान जारी छ । हामीले आरोपीको कारको पहिचान गरिसकेका छौँ । त्यसकै आधारमा आरोपीलाई केही दिनमै पक्राउ गर्नेैछौं, कार पुरानो लटको भएको छ । कारको सम्पूर्ण विवरण यातायात कार्यालयमा भेटिएन ।’ कारको नम्बर खुलेकोले केही दिनमा घटनाबारे सार्वजनिक गर्ने उनले बताए ।

 

गत शुक्रबार बिहान ती महिला बौद्धबाट दिदीलाई भेटेर बागमती गाउँपालिकाको गिम्दीमा दाइ भेट्न हिँडेकी उनी सोही कारमा चढिन् ।

 

ती महिला उपचारको क्रममा केही दिनअघि काठमाडौं आएकी थिइन । ती महिला बौद्धबाट चापागाउँ जाने क्रममा गाडीबाट सातदोबाटोमा ओर्लिएकी थिइन । जुत्ता बनाउन उनी केही समय सातदोबाटोमा रोकिएकी थिइन । सोही समयमा कार चाकलले गन्तब्यमा पुर्याइदिने बहानामा अपरिचित ठाउँमा लिएर गएको ती महिलाको भनाइ छ ।

 

नचिनेको ठाउँमा एउटा घरमा लगेर बलात्कार गरेको महिलाले आरोप लगाएकी हुन् । बलात्कार भएपछि दुईवटा बस चढेर सातदोबाटो आइपुगेको भए पनि कहाँ, कुन ठाउँ पुगेको उनले ठम्याउन नसकेको बताएकी छन् ।

 

उनी सामान्य गृहिणी रहेको प्रहरीले बताएको छ । बस चढेर आए पनि भाडा समेत नतिरेको उनले प्रहरी समक्ष जनाएकी थिइन् । पीडित महिलाका अनुसार कार चालक अधबैंसे उमेरका थिए ।