प्रहरी जवानको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं, फागुन ३० । नेपाल प्रहरीमा रिक्त प्रहरी जवान (जनपद)पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७६ भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लोक सेवा आयोगबाट २०७६ मंसिर २८ गते संचालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये परीक्षामा सफल उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको छ ।

 

उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा २०७६ चेत्र १६ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरु(प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर (सम्पर्क कार्यालय हाल राजविराज, सप्तरी), दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगंज काठमाण्डौ) हुने सूचनामा उल्लेख छ ।

 

अन्तरवार्ता परीक्षामा सहभागी हुने उम्मेदवारहरुले आफूले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्र, नेपाली नागरिकताको प्रमाण–पत्र, प्रवेश–पत्र र समावेशी समूहमा उत्तीर्ण भएका उम्मेदवारहरुले समावेशीको प्रमाण पत्र समेत साथमा लिई परीक्षा सुरु हुनु भन्दा ४५ मिनेट अगावै सम्बन्धित परीक्षा केन्द्रमा उपस्थित हुन सबैमा अनुरोध गरेको छ ।

 

लिखित परीक्षामा संमिलित १४ हजार पाँच सय ११ मध्ये ७ हजार एक सय १४१ जनाले लिखित परीक्षा पास गरेको आयोगले जनाएको छ। प्रहरी प्रधान कार्यालयले मागेको ३ हजार ६ सय ७६ जना मध्ये हाल ५ हजार ७० जनाले नाम निकालेको लोकसेवाले जनाएको छ। लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ।

        यस्ताे छ नतिजा :  https://www.collegenp.com/uploads/pdf/2020/03/nepal-police-jawan-post-written-exam-result.pdf