प्रचण्डलाई सात वर्ष अघि थप्पड हान्ने पदम कुँवर पक्राउ

काठमाडाै,चैत्र २। तत्कालीन एकीकृत नेकपा माओवादीका (हाल नेकपा)  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सात वर्ष अघि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन्। कुँवर संघीय संसद भवन भित्रबाट पक्राउ परेका हुन्।

 

नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

यसअघि उनले १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला प्रचण्डलाई थप्पड हानेका थिए।