टेकुमा परिक्षणका क्रममा एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं। काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका क्रममा एक जना व्यक्तिलाई नोबेल कोरोना भाइरस(कोभिड १९) को संक्रमण भएको पाइएको छ ।

 

प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार एक जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

 

उनका अनुसार हालसम्म प्रयोगशालामा ४ सय ५६ जनाको कोरोनाको आशंकामा परिक्षण गरिएको थियो । तर, ती मध्ये कसैलाई पनि कोरोना भाइरस नभएको एक जनालाई भने भाइरसको संक्रमण रहेको उनले बताए ।

 

गुप्ताका अनुसार ती व्यक्तिलाई कोरोनाको संक्रमण देखिएपनि उपचारपछि निको भइसकेको छ । ‘शुरुको अवस्थामा देखिएको हो । हामीले निको बनाइसकेका छौँ,’ झा ले भने,‘उहाँ घरमा आराम गरिरहनु भएको छ’ ।