बरामद मास्‍क बेच्‍न प्रहरीलाई निर्देशन (पत्रसहित)

काठमाडौँ, चैत ३। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै बजारमा मास्कको अभाव भएपछि महान्यायधिवक्ताको कार्यालयले प्रहरीलाई कालोबजारी गर्न खोज्‍ने व्यपारीबाट बरामद गरेको मास्क बेच्‍न निर्देशन दिएको छ । बजारमा मास्कको कृत्रिम अभाव गराउन खोजेको भन्दै प्रहरीले उपत्याकाका विभिन्‍न क्षेत्रमा छापा मारेर ठूलो परिमाणमा मास्क नियन्त्रणमा लिएको थियो ।

 

सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर मास्कको लिलामी हुन केही महिना लाग्‍ने भएपछि महान्यायधिवक्ताअग्‍नीप्रसाद खरेलले बरामद भएका मास्कको बजार मूल्य नमुना र फोटोसहितको डिजिटल अभिलेख मुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को दफा २७ अनुसार त्यो माक्स बेच्‍ने निर्देशन दिइएको हो। त्यो रकम प्रहारीको धरौटी खातामा राखी उक्त माक्सहरु विक्री गरिने भएको छ।