क्रन्तिकारी माओवादी निकट क्रान्तिकारी ट्रेड युनियन महासंघको दुइ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

 वसन्त वोगटी

भक्तपुर,चैत्र ६। नेकपा (क्रन्तिकारी माओवादी) निकट सर्वहारा नेपाली श्रमिक मजदुरहरुको प्रीय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको २ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियानकाे आज बाट उद्घाटन कार्यक्रम सुरू भएकाे छ।

 

  “रोजगारीको सुनिश्चितता र सामाजिक सुरक्षा हाम्रो सरोकार ! स्वदेशमा रोजगारी, बाच्न योग्य तलब र सुविधा हाम्रो अधिकार !” भन्ने मुल नाराकाे उद्घोषका साथ भक्तपुरको बालकोटमा सम्पन्न भएको छ ।

 

महासंघका केन्द्रिय अध्यक्ष ईश्वर तिमिल्सिनाले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा महासंघका महासचिव वसन्त वोगटी, केन्द्रीय सचिवालय सदस्य कुमार घताने, दिनेश बर्तौला, ढोग प्रसाद अधिकारीले उद्घाटन मन्तव्य राख्नु भएको थियो। त्यस्तै मिक्सचर तथा ट्याक्टर स्वरोजगार उपत्यका मजदुर संघका संयोजक जमालुद्दिन अन्सारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अभियानको मुख्य उद्देश्य माथी केन्द्रित रहेर महासंघले मजदुरहरुका पेशागत हक अधिकारको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने भन्दै “कार्यकर्ता र नेताको सम्बन्ध ढुङ्गा र माटोको जस्तै अझ भनौ नङ र मासुको जस्तै हुनु पर्दछ सङ्गठन र कार्यकर्ता भनेको एक अर्काको परिपुरक रहेकाे बताउनु भयाे । 

 

हामी मार्क्सवादीले नेता र कार्यकर्ता बिचको सम्बन्धको द्वन्दवादलाई ठिक ढङ्गले बुझ्नेर परिभाषित गर्न सक्नु पर्ने” बताउनु भयो । “मे १ मा नेपाली मात्रै नभएर संसार भरिका उत्पीडित श्रमिक मजदुरहरुको विशेष उत्सवपुर्ण दिन भएको” बताउदै अध्यक्ष तिमिल्सिनाले आगामी मजदुर दिवसमा हजारौं श्रमिक मजदुरहरुको सक्रिय सहभागितामा सम्पन्न गर्नु पर्ने दिशातिर लाग्न महासंघका सम्पुर्ण नेता कार्यकर्ताहरूलाइ आव्हान समेत गर्नु भयो ।

त्यसै गरि कार्यक्रममा महासंघका महासचिव बोगटीले “यो सिंङ्गै दुनियाँ बनाउने तागत राख्ने मजदुरहरु आफै भने निरन्तर दु:खद, कष्टपुर्ण र अभावको जिन्दगी बाची रहेकाे बताउनु भयाे । हामिले सडक बनायौ, स्कुल बनायौ, हस्पिटल बनायौ, ठुला ठुला महल बनायौ तर हाम्रै बच्चाहरु पढ्न बाट बन्चित छन, हस्पिटलको सेवा बाट बन्चित छन ।

 

यि सडकहरुमा पनि मजदुरलाई एक प्रकारको कर्फ्यु छ । भन्दै सामन्तवाद र पुजीवादको यो हैकमको विरुद्ध विस्फोट हुने समय आएको बताउनु भयो । उहाँले भन्नुभयो ” त्यसको पहिलो आधार भनेको हाम्रो सङ्गठन हो । शक्तिशाली सङ्गठन निर्माण आजको मुख्य र केन्द्रीय आवस्यकता रहेकाे पनि उँहाले बताउनु भयाे।

 

महासंघका केन्द्रीय सदस्य बालकृष्ण सिटौलाले सन्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता महासंघका केन्द्रीय सदस्य रमेश बोहराले गर्नु भएको थियो ।त्यस्तै अभियान उद्घाटनकाे क्रममा भएको एक कार्यक्रमका बिच रामेश्वर यादवको अध्यक्षतामा २५ सदस्यीय मिक्सचर तथा ट्याक्टर स्वरोजगार मजदुर संघको इकाई पनि गठन गरिएको छ।सङ्गठनलाइ थप जुझारू र शक्तिशाली बनाउन अभियानकाे थालनी गरिएकाे ट्रेड युनियन महासंघका महासचिव बाेगटीले जानकारी दिनुभएकाे छ ।