मकवानपुरमा गोली प्रहारबाट एक जना घाइते

हेटौंडा,चैत ७ ।  मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका छन् ।

 

गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौंतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताए । उनका अनुसार शुक्रबार बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।