कोरोना संक्रमणबारे झुटो अडियो सन्देश प्रचार गर्ने युवक पक्राउ

काठमाडौं,चैत्र ८ । कोरोना भाइरसको संक्रमणबारे गल्त प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

 

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।