अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको लागि आवश्यक जिम्मेवारी र जवाफदेहीता देखाउन सरकार र सरोकारवाला निकायसँग जोडदार माग

 अध्यक्ष ईश्वर तिमिल्सिना

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ 

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले एक प्रेस वक्तव्य जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको भन्दै  जदुर वर्गका हक अधिकार कटौती नगर्न, मजदुर वर्गले पाई आएको तलबलाई नरोक्न, आवश्यक जिम्मेवारी र जवाफदेहीता देखाउन नेपाल सरकार र सरोकारवाला निकाय सबैमा हाम्रो सङ्गठन विशेष अपिल गर्दछ  जस कारण लाखौं मजदुर हरु श्रमबात वन्चित मात्रै हुन परेको छैन श्रमिक र श्रमिक आश्रति परिवारको भविष्य समेत अन्योलपुर्ण र संकटग्रस्त भएको भन्दै महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले  आइतवार एक प्रेस- वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।

 प्रेस-वक्तव्य भनिएको छ,

१) चीनको वुहान प्रान्तबाट (31 dec,2019) शुरु भएको भनिएको (कोभिड–१९)  (नोबेल कोरोना भाईरस) आज सम्म आई पुग्दा प्रत्यक्ष रुपमा विश्वका १८८ देशहरुमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, यो क्रममा ३०८२१५ भन्दा बढी मानिसहरु प्रत्यक्ष संक्रमित भएका छन भने १३०६८ भन्दा बढी मानिसहरुको मृत्यु समेत भएको छ । मृत्युदर सापेक्षित न्युन देखिए पनि तथ्याङ्कले नियमित औसधि सेवन गरि रहेका र रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्ध-वृद्वाहरुको उमेर समुहमा यसको असर बढी देखाएको छ ।

 

२) विश्वव्यापी रुपमा एक विशिष्ट स्वास्थ्य समस्याको रुपमा देखा परेको (कोभिड–१९)  ले आज सम्म आईपुग्दा सामाजिक आर्थिक क्षेत्रका विभिन्न पक्षहरुमा समेत असर गरेको छ । विश्व स्तरमा आर्थिक मन्दिका विविध संकेतहरु देखिएका छन, जस कारण विश्व श्रमिक वर्गको विशाल पंक्ति असुरक्षित मात्रै भएको छैन अपितु समाधानको कुनै नयाँ विकल्प पहिल्याउन सकिएन भने विश्व स्तरमा श्रमिक वर्गको बिचमा ठुलो संकटकाल आउन सक्ने सम्भावना बढेर गएको छ ।

 

३) विश्वका दुई ठुला शक्ति राष्ट्रहरु चीन र अमेरिकाको बिचमा पछिल्लो समय यहि विषयलाई लिएर केहि विरोधाभासपूर्ण आरोप-प्रत्यारोपहरु सतहमा आएका छन । जसले सामान्यतः विश्व स्तरमा केहि राजनीतिक अन्तरविरोधहरु अगाडि आउन सक्ने संकेतपुर्ण सम्भावनाहरु देखिएका छन ।

 

४) आज नेपाल पनि (कोभिड–१९)  को “महामारी”ले प्रभावित छ । यो संगै राज्यका ईकाई देखी माथिल्लो निकाय सम्म दलाल, माफिया र काला बजारिया हरुको बिगबिगी बढेको छ । देशव्यापी रुपमा खाद्यान्न, औसधि र ईन्धन जस्ता जनताका दैनिक आवश्यकिय र उपभोग्य वस्तुहरुको अभावको संकट बढेको छ । विविध प्रकारका कृत्रिम संकटहरु निम्त्याईएका छन। राष्ट्रिय संकटको यो अवस्थामा पनि संकट समाधानको दिशामा सरकारको सक्रिय, प्रभावकारी र निर्णायक उपस्थिति नदेखिनु नेपाली जनता माथिको धोखापुर्ण अन्याय र सिङ्गै लोकतन्त्र माथिको उपहास पनि हो।

 

५) अधिकतम होटल, उद्योग, संघ संस्था र कलकारखाना हरु देशव्यापी बन्द भएका छन र बाकी रहेका पनि बन्द हुने अवस्थामा पुगेका छन । पुजीपति वर्गले श्रमिक मजदुर वर्गलाई बेतलबी फिर्ता पठाएको छ । जस कारण लाखौं मजदुर हरु श्रमबात वन्चित मात्रै हुन परेको छैन अपितु श्रमिक र श्रमिक आश्रति परिवारको भविष्य समेत अन्योलपुर्ण र संकटग्रस्त भएको छ । नेपाली श्रमिक वर्गको हक, अधिकार र सत्ताको पक्षमा निरन्तर लड्ने एक जिम्मेवार संगठन हुनुको ऐतिहासिक गरिमा र गौरवबोध गर्दै विश्वव्यापी संकटको यो विषम समयमा मजदुर वर्गका हक अधिकार कटौती नगर्न, मजदुर वर्गले पाई आएको तलबलाई नरोक्न, आवश्यक जिम्मेवारी र जवाफदेहीता देखाउन नेपाल सरकार र सरोकारवाला सबैमा हाम्रो सङ्गठन विशेष अपिल गर्दछ ।

 

६) मुख्यतः मध्य पुर्व लगायत रोजगारीको शिलशिलामा विश्वभर छरिएर रहेका नेपाली मजदुरहरुको स्थिति जटिल बन्दै गएको समाचार विभिन्न सञ्चार माध्यमहरु बाट बुझिन आएको छ । हामी उहाँहरुको स्थिति अविलम्ब सार्वजनिकरण गरि यथा सिघ्र स्वदेश फिर्ता लगायत उपचारको व्यवस्थापनका लागी नेपाल सरकार संग विशेष माग गर्दछौं ।

 

७) अन्त्यमा, श्रमिक वर्ग तथा आम जन समुदायमा हाम्रो अपिल छ:- क) (कोभिड–१९)-  लगायत सबै रोग संग सर्तक बनौं । ख) तथ्यहिन भ्रम र आतंकको पछाडी नलागौं । ग) आत्मगत र मनोबैज्ञानिक पक्षलाई मजबुत बनाऔं । घ) आफु सचेत बनौ र सचेतनाको अभियानलाई निरन्तर जारी राखौं ।

धन्यवाद ! क्रान्तिकारी अभिवादन सहित !