राजनीति होइन राज्यनीति हुनुपर्छ: घोषणा होइन कार्यनयन गर्नु महत्वपूर्ण हाे ?

 अमृत बहादुर शाही

काेराेना भाइरस (कोभिड–१९) संक्रमणले बिश्व तरंगित भएकाे छ पहिला नाकाबन्दी हुँदा त हामिसंग केहि पनि राज्यनीति थिएन भने अब प्रत्येक नेपालीले स्वच्ने बेला आएको छ। नेपालको राजधानीमा जहाँ लाखौ नेपालीहरु गाउँ बाट आफ्नो सुनौलो भबिस्यका लागि संघर्ष गरिरहेका हुन्छन्।

 

त्यस्तै बेला सुकिला मुकिला माफिया कालोबजारीको बिकबिकी देखिन्छ र देखियो पनि त्यसैको डरले मानिसहरु गाउँ-गाउँ फर्किएका छन् ।किन भने नेपाली राजनीतिमा राज्यनीतिको मुख्य भूमिका नरहेको प्रस्ट देखिन्छ, सामान्य रुपमा शहर बाट घर फर्केर जाँदा त हेल्प डेस्क सम्म पनि  छैन,मानिसहरुको भिडभाड गाँउ तिर लागेकाे छ। अहिले जहाँ सरकारले भिडभाड नगर्नु भनेको छ, त्यसकाे रिस्क सरकारले मोल्नु भन्दा यातायात व्यवसायीसँग कुरा गरेर सबैलाइ गाउँमै लैजाने व्यवस्था गरेको भए हुन्थ्यो निर्णय गर्ने अनि छोड्ने अनि अरु त के कुरा को आश गर्ने हो र ?

 

बाच्ने गाउँ ठाउँ गएर होइन साबधानीले हो याद गरौ हिजो आजको बसपार्क र गाडीको भिडले संक्रमण बोकेर गाउँ जादै त छैनन् यो प्रश्न सरकारलाइ गर्न जरूरी देखिएकाे छ।अरु देशको प्रधानमन्त्रीले उद्योगपतिहरुलाइ आग्रह गरेका छन्, हाम्राे प्रधानमन्त्रिले अहिले सम्म् पनि मजदुर वर्गकाे र काम गरिखाने वर्गकाे बारेमा अहिले सम्म एक शब्द पनि बाेल्नु भएकाे छैन्,उद्योग बन्द गर्दा मजदुरको श्रम दिनु र बिदाको पैसा नकाट्नु भनेर हाम्रो प्रधानमन्त्रिले सम्बोधनकाे बेला भन्देकाे भए सबैले सकारात्मक लिने थिए।

 

सरकारको निर्णय स्वागतयोग्य हुने थियाे चिन बाट केहि सिकौ ,इटाली हुनबाट बचौ,यस्तो संकटमा १ ,१ ओटा व्यक्तिको भूमिका याे अवस्थामा  महत्वर्ण हुन्छ।यस्तो असहज परस्थितिमा नकारात्मक टिका टिप्पणी गर्नु भन्दा पनि सयाेग गर्नु सबैकाे दाहित्व हुन जान्छ यो समयमा हप्पी हुनुस, रिलयाक्स गर्नुस हरेक कुरामा पोजेटिभ हुनुहोस ।

 

ठुला देशले हार खाईसकेको कोरोनासङ्ग हाम्रो देशले यसलाइ हल्का रुपमा लिनु हुन्न भुकम्प,नाकाबन्दीले नेपाली जनताले अहिले सम्म त्याे असर व्यवरिरहेका छन् । कोरोनालाइ सामान्य रुपमा लिनु हुन्न अब भारतसँगका सबै नाका तत्काल बन्द गरौ।देश भित्रैपनि अत्यावश्यक बाहेकका सबै आवत जावतमा तत्काल बन्द गरौ।भोलि ढिलो हुन सक्छ आजै,अहिल्यै गरौं।अहिलेसम्म केही भएको छैन त्यसैले हामी सबैले पहिले नै सजग हुन जरूरी छ। नेपालमा अब पनि केहि नहोस् भन्ने सबैले कामना गराैं ।

 

सबैले असल नागरिकको भूमिका निर्बाह गरौ ! सचेत बनौ !सजग रहौ ! सबै मिलेर यो महामारीको सामना गरौ! सबै जिम्मेवार बनौ ! बिश्व शान्तिको लागि कामना गरौ! जय नेपाल ।