कोरोना आशंकामा अस्पताल भर्ना भएकी सांसद रिर्पोट नआउँदै भागिन्

धनगढी,चैत्र १०। नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाले कोरोना भाईरसको आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएकी सांसद भागेकी छन्। शुक्रबार उच्च ज्वरो र रुघाखोकी लागेपछि सेती अस्पताल भर्ना भएकी  थापाले अस्पताल छोडेकी हुन्।

 

अस्पताल स्रोतका अनुसार थापाको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएकोमा आईतबार दिउँसो चिकित्सक सल्लाह नै नगरी आईसोलेसन वार्डबाट भागेकी अस्पताल स्राेतले जानकारी दिएकाे छ। 

 

कोरोना आशंकामा सांसद अस्पताल भर्ना भएको समाचार सार्वजनिक भएपछि राजनीतिक दबाबमा अस्पतालबाट उनी भागेको दावी स्रोतको छ। तर अस्पतालले भने उनको नाम सार्वजनिक भने गरेको थिएन्। यता सांसद थापाले भने आफु घरमा सुरक्षित रहेको बताएकी छन्। स्रोतका अनुसार थापाको प्रहरीले अहिले खोजी गरिहेको छ।