विप्लवका दाजु जयन्द्र चन्दसहित ६ जना जाउलाखेलबाट पक्राउ

लितपुर, चैत १० । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयन्द्र चन्द सहित ६ जनालाई ललितपुर प्रहरीले जावलाखेलबाट आइतबार साँझ पक्राउ गरेको छ ।

 

पक्राउ परेका अन्यमा विनोद चन्द, प्रेम केसी, अनिल कुमार पुन मगर, कृष्ण बहादुर थापा मगर, कमल प्रसाद सुनुवार रहेका छन् । पक्राउ परेका जयन्द्र चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।

 

उनीहरुलाई अपराधिक लाभ लिने अभियोगमा समातेको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले जानकारी दिए । चन्द लामो समयदेखि विप्लव निकट खेलकुद महासंघको अध्यक्ष थिए । उनी २०६४ साल देखि नै महासंघका अध्यक्ष छन् ।

 

विप्लवका ३ भाइमध्ये जेठो दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ दाङबाट पक्राउ परेका थिए । उनी नेकपाको मध्यकमाण्ड इन्चार्ज थिए ।

उनीहरुलाई राप्ती व्युरोको बैठक बसिरहेको अवस्थामा असोज २९ गते दाङबाट पक्राउ परेका थिए ।