कोरोनाको आशंकामा कान्तिबाल अस्पतालमा तीनजना बालक आइसोलेसनमा

काठमाडौं,चैत्र १०।काठमाडाैकाे कान्ति बाल अस्पतालमा कोरोना भाइरसको आशंकामा तीन जना बालक आइसोलेसन वार्डमा भर्ना गरिएकाे अस्पताल स्राेतले बताएकाे छ।  

 

सोमबार दुईजना र आइतबार एकजना बालक आइोलेसन वार्डमा भर्ना भएको अस्पतालले जनाएको छ।उनीहरु चीन, भारत र कतारबाट फर्किएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

उनीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएकाले भर्ना गरेर राखिएको उनले बताए। तिनै  जनाको मंगलबार मात्र रिपोर्ट आउने अस्पताले जनाएको छ।

 

यसअघि कोरोनाको आशंकामा अस्पतालमा तीन जना भर्ना भएका थिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।